४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’

१० जेष्ठ २०८२, शुक्रबार १३:२२

काठमाडौँ | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारले आफ्नो क्षमताअनुसार विपद् व्यवस्थापनको कार्य गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित ‘सबैका लागि पूर्वसूचना प्रदेशस्तरीय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले प्रदेशभरिका विपद्का घटना हुन सक्ने स्थानको पाश्र्वचित्र बनाएको जानकारी दिनुभयो । उहाँले विपद्काट आमनागरिकलाई बचाउन साधन स्रोतले भ्याएसम्म पूर्वतयारी गरिएको उल्लेख गर्दै विपद्का १७ सूचाङ्क स्थानीय तहसम्म पु¥याउने तथा स्थानीय तहले निर्माण गर्ने बजेटमा यसलाई समावेश गर्न सहज हुने बताउनुभयो ।

विकाससँगै विनाशको पनि खतरा रहने भएकाले विपद्का लागि पूर्वसूचनाले मद्दत गर्ने र सरकारको बजेटले मात्र यसलाई न्यूनीकरण गर्न नसकिने मन्त्री भण्डारीको धारणा थियो । प्रदेश सरकाले पूर्वसूचनाका आधार निर्माण गरिसकेकाले विपद् हुने स्थानमा पूर्वसूचना प्रणालीबाट नागरिक स्वयं सचेत भई जनधनको क्षतिलाई बचाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रम कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, किशोरचन्द्र दुलाल र गीता तिमिल्सिनाले विपद् न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापा, प्राधिकरणका सहसचिव अर्जुनकुमार बमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता