2026-10-02 09:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘क्षमताअनुसार विपद् व्यस्थापन गरिने’

काठमाडौँ | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारले आफ्नो क्षमताअनुसार विपद् व्यवस्थापनको कार्य गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज यहाँ आयोजित ‘सबैका लागि पूर्वसूचना प्रदेशस्तरीय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले प्रदेशभरिका विपद्का घटना हुन सक्ने स्थानको पाश्र्वचित्र बनाएको जानकारी दिनुभयो । उहाँले विपद्काट आमनागरिकलाई बचाउन साधन स्रोतले भ्याएसम्म पूर्वतयारी गरिएको उल्लेख गर्दै विपद्का १७ सूचाङ्क स्थानीय तहसम्म पु¥याउने तथा स्थानीय तहले निर्माण गर्ने बजेटमा यसलाई समावेश गर्न सहज हुने बताउनुभयो ।

विकाससँगै विनाशको पनि खतरा रहने भएकाले विपद्का लागि पूर्वसूचनाले मद्दत गर्ने र सरकारको बजेटले मात्र यसलाई न्यूनीकरण गर्न नसकिने मन्त्री भण्डारीको धारणा थियो । प्रदेश सरकाले पूर्वसूचनाका आधार निर्माण गरिसकेकाले विपद् हुने स्थानमा पूर्वसूचना प्रणालीबाट नागरिक स्वयं सचेत भई जनधनको क्षतिलाई बचाउन सक्ने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रम कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, किशोरचन्द्र दुलाल र गीता तिमिल्सिनाले विपद् न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन प्रदेश सरकारसँग आग्रह गर्नुभयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापा, प्राधिकरणका सहसचिव अर्जुनकुमार बमलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता