2026-10-07 12:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

चोरीको बाइक मामाघरमा लुकेको अवस्थामा भेटिँदा प्रहरी चकित

पाँचथरको फिदिमदेखि १० दिन अघि चोरी भएको मोटरसाइकल तेह्रथुमबाट बरामद भएको छ । चोरीमा संलग्न भएको आरोपमा धनकुटाका एक र पाँचथरका दुई गरेर तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सुरुमा दुई युवकले पाँचथरबाट चोरेर तेह्रथुम पुर्‍याउँदा बिग्रिएको मोटरसाइकल अर्कैले चोरेर मामाघरमा लगेर लुकाएको खुलेको छ । अनुसन्धानका क्रममा प्रहरीले चोरीमा संलग्न धनकुटाका एक युवकसहित तेह्रथुमबाट मोटरसाइकल बरामद गरेको छ ।

फिदिम बजारका कमल घिमिरेको नाममा दर्ता रहेको प्र. १-०३-००१ प-०७११ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल डिभिजन वन कार्यालयको गेट अगाडि पार्किङमा राखिएको स्थानबाट साउन १६ गते राति हराएको थियो । पीडितले जाहेरी दिएसँगै खोजी कार्यमा जुटेको प्रहरीले निकै लामो कसरतपछि मोटरसाइकल फेला पारेको हो ।

 

अनुसन्धानका क्रममा प्रहरीले २२० सिसी क्षमताका ८८ वटा पल्सर मोटरसाइकललाई प्रत्यक्ष निगरानीमा राखेर अनुसन्धान गरेको थियो । सिसी टिभि फुटेजका आधारमा चोरीमा संलग्न शङ्कास्पद व्यक्तिको खोजी भइरहेका बेला वैवाहिक बलात्कार मुद्दामा फिदिम ४ का करण मगर पक्राउ परेपछि मोटरसाइकल चोरी मुद्दामा अनुसन्धान गर्न प्रमाण भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख(डिएसपी) कौशलकुमार बुढाथोकीले जानकारी दिनुभयो । प्रहरीले करण मगरपछि हिलिहाङ गाउँपालिका-७ का सन्दीप लावतीलाई पक्राउ गरेको थियो ।

उनीहरु दुवैले मोटरसाइकल चोरी गरी तमोर करिडोर हुँदै नाँवा खोलाको झोलुङ्गे पुल पार गरेर लैजाने क्रममा बिग्रिएपछि बाटोमै छोडेको बयान दिएका थिए । उनीहरुको बयान अनुसार घटनास्थलमा प्रहरी पुग्दा मोटरसाइकल भेटिएन । स्थानीय सूचनाका आधारमा पुनः प्रहरी परिचालन हुँदा धनकुटा चौबिसेका कुमार तामाङले उक्त बिग्रिएको मोटरसाइकल चोरी गरी तेह्रथुमस्थित आफ्नो मामाघरमा लुकाएको अवस्थामा भेटिएको हो ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर मोटरसाइकलसहित फिदिम ल्याएको छ । डिएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैको पहिचान भइसकेकाले मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो