2026-10-22 03:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

चिनियाँ राजदूत चेन सोङद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौँ । नेपालका लागि चीनका राजदूत चेन सोङले यहाँका चार विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति र एक हजार विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग तथा खेलकुदका सामग्री वितरण गर्नुभएको छ ।

उहाँले विर्तामोड नगरपालिका–८ को शुक्रराज आधारभूत विद्यालय, बिर्तामोड–९ स्थित दुर्गा माध्यमिक विद्यालय, देवकोटा आधारभूत विद्यालय र अर्जुनधारा नगरपालिका–६ स्थित शनिश्चरे माध्यमिक विद्यालयका ४० विद्यार्थीलाई रु १० हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभएको हो ।

उहाँले हिजो र आज आयोजित कार्यक्रममा प्रत्येक विद्यालयका १० जना विद्यार्थीलाई सो छात्रवृत्ति प्रदान गर्नुभयो भने शनिश्चरे माविका ६०० र दुर्गा माविका ४०० विद्यार्थीलाई १९ प्रकारका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । उहाँले चिनियाँ राजदूतावासको रु ५० हजार सहयोगमा निर्माण भएको शुक्रराज आधारभूत माविको चार कोठे दुई तले भवनको उद्घाटन समेत गर्नुभयो ।

राजदूत चेन सोङले चीनको विकास शिक्षाकै कारण भएको बताउँदै आगामी दिनमा समेत शिक्षाका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनको सम्बन्ध स्मरण गर्दै २०७२ सालमा गएको भूकम्पपछि नेपालका विभिन्न स्थानमा १० वटा विद्यालय भवन निर्माणमा सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले झापाको विकासका लागि पूर्वाधार, कृषि, शिक्षालगायतका क्षेत्रमा चिनियाँ दूतावासले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले आजै दूतावासकै सहयोगमा बन्न लागेको देवकोटा आधारभूत मावि भवनको समेत शिलान्यास गर्नुभयो । चिनियाँ राजदूत सोङले विर्तामोडका दुई माछा फार्म र अर्जुनधारामा रहेका दुई गाई फार्ममा परीक्षणका लागि आर्थिक सहयोग गर्ने बताउनुभयो ।

उहाँले अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेका मुढा, बाँसबाट निर्मित सामग्री, सुपारीको पातबाट निर्माण गरिने दुनाटपरी उद्योगको समेत अवलोकन गरी चीनमा बजारीकरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ