२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते

२०८२, २६ श्रावण आईतवार १३:२४

काठमाडौँ | धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । गाईजात्राका लागि टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् । २ च २३०९ नम्बरको पिकअप गाडीमा सवार २१ जनामध्ये १७ जना घाइते भएका र उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका तीन जना घाइतेलाई भने थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा धनकुटा नगरपालिका ७ का ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका ७ कै ३८ वर्षीय जीतबहादुर श्रेष्ठ र धनकुटा नगरपालिका ८ बस्ने ४५ वर्षीय रेनुका राई रहेका छन् । त्यस्तै अन्य घाइतेहरुमा धनकुटा नगरपालिका ८ बस्ने १४ वर्षीया सविना डंगोल, ६४ वर्षीय चन्द्रभक्त डंगोल, ३५ वर्षीय हरीकुमार डंगोल, ७२ वर्षीय मोहन डंगोल, २७ वर्षीय राम श्रेष्ठ, टिना डंगोल, १८ वर्षीय रोजिन डंगोल, ५६ वर्षीय रमेश कर्माचार्य छन् ।

धनकुटा नगरपालिका ७ बस्ने २२ वर्षीय राजन राई, शहीदभूमि गाउँपालिका ४ का २४ वर्षीय आशिष राई, साँगुरीगढी गाउँपालिका १ बस्ने १६ वर्षीय निशु लिम्बु, मुलघाट बस्ने १२ वर्षीय रोनिया श्रेष्ठ, सिंधुवाका १६ वर्षीय शिव श्रेष्ठ र २४ वर्षीय प्रकाश श्रेष्ठ पनि घाइते छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश