2026-10-02 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

किसानलाई धानरोप्ने उपकरण ‘राइस ट्रान्सप्लान्टर’ प्रदान

काठमाडौँ । झापाको भद्रपुर नगरपालिकाले यहाँका दुई सहकारीलाई एक/एक ‘राइस ट्रान्सप्लान्टर’ मेसिन (धान रोप्ने मेसिन) प्रदान गरेको छ ।
एनएमसी एग्रो फार्म भद्रपुर–९ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर, छ हजार थान सिड ट्रे, एउटा प्याडी सिडर र पुष्पाञ्जली महिला कृषि सहकारी संस्था भद्रपुर–१ लाई एउटा चार चक्के राइस ट्रान्सपलान्टर र छ हजार थान सिड ट्रे प्रदान गरिएको भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार रू ५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।“यो मेसिनले एक घण्टामा सातदेखि आठ कठ्ठा क्षेत्रफलमा धान रोप्छ”, उहाँले भन्नुभयो, “यसले धान उत्पादनमा लागत घटेर किसान लाभान्वित हुने विश्वास छ ।”
नगरले वितरण गरेको १२ हजार थान ‘सिड टे«’मा एक पटक बिउ राख्दा करिब १२० देखि १५० बिघा क्षेत्रफलमा धान रोप्न पुग्नेछ ।
प्रोत्साहन रकम
नगरपालिकाले धान, मकै, फापर, कोदो, तोरी, तरकारीलगायतका कृषिउपज उत्पादनका आधारमा प्रोत्साहन रकमसमेत प्रदान गरेको छ । नगरको चालु आर्थिक वर्ष २०८१/८२ को कृषि कार्यक्रममार्फत् किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको नगरपालिकाका सहायक कृषि प्रसार अधिकृत हेमराज पन्तले जानकारी दिनुभयो ।
तेलहन बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत तीन हजार नौ सय ३५ कठ्ठामा तोरीखेती गर्ने गर्ने दुई सय ४३ वटा कृषक÷संस्थालाई प्रतिकठ्ठा रू पाँच सयका दरले २० लाख उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो । त्यस्तै, आलु खेती प्रबद्र्धन कार्यक्रम अन्तरगत यहाँका एक सय ४४ कृषक/एकस्थालाई रू १५ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको छ । छ सय ६२ कठ्ठामा आलुखेती गरेबापत प्रतिकठ्ठा रू दुई हजारको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको हो ।
यस्तै, रैथाने बाली प्रबद्र्धन कार्यक्रम अन्तरगत ५५ वटा कृषक\संस्थालाई तीन सय १५ कठ्ठामा कोदो खेती गरे बापत प्रतिकठ्ठाको रू सात सयका दर र ५९ वटा कृषक/एकस्थालाई चार सय ८८ कठ्ठामा फापरखेती गरेबापत प्रतिकठ्ठाको रू पाँच सयको दरले गरी रू पाँच लाख नगद प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
यस्तै, नगर प्रमुख तरकारीखेती प्रबद्र्धन कार्यक्रम नजा अन्तरगत न्यूनतम पाँच कठ्ठामा तरकारी खेती गर्ने ५१ जना किसानाई आवश्यक पर्ने कृषि यन्त्र–औजार, बीऊ–बिजन, मल तथा बिषादी  ७५ प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । मागको आधारमा प्रति कृषक रू १८ हजार सात सय ५० बराबरको सामग्री उपलब्ध गराइएको कृषिप्रसार अधिकृत पन्तले बताउनुभयो ।
बगर खेती कार्यक्रम उहाँका १२ कृषकलाई रू पाँच लाख उपलब्ध गराइएको छ । यसबाट २० बिघाभन्दा बढी बगरमा खरबुजा खेती गर्न उत्साहित भई किसानले आयआर्जन गर्न सफल भएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता