2026-10-21 11:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोड नगरपालिकामा सरसफाइ

काठमाडौँ | जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको बिर्तामोड नगरपालिका कार्यालयमा आजदेखि सरसफाइ सुरु गरिएको छ । नगरका जनप्रतिनिधि र कर्मचारीले संयुक्तरूपमा सरसफाइ थालेका हुन् ।

नगरपालिकाको तीन भवनमध्ये दुई भवनमा आगजनीबाट क्षति पुगेको छ । पुरानो गाविस भवन, नगरपालिका बनेपछि प्रयोगमा आएको नयाँ भवन र गत महिना मात्रै निर्माण गरिएको भवनमा क्षति पुगेको थियो । आगजनीबाट भवनभित्र रहेका कागजात, फर्निचर, विभिन्न विद्युतीय उपकरणलगायत सामान नष्ट भएका छन् ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक नगेन्द्रकुमार सङ्ग्रौलाले प्रारम्भिक अनुमान अनुसार करिब रु पाँच करोडको क्षति भएको जानकारी दिनुभयो । भवनसँगै कागजात जलेर नष्ट भएपछि सेवाप्रवाहमा कठिनाइ भएको बताउनुभयो ।

सेवा पुनः सुरु गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताउनुभयो । नगरपालिकाले क्षतिको विवरण सङ्कलन गर्न थालेको छ । तत्काल सेवा सञ्चालनका लागि आवश्यक सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ