पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ३, झापा | झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित