२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संरक्षणको पर्खाइमा कोलुङ्ग झरना

११ बैशाख २०८२, बिहीबार ११:३६

काठमाडौँ | तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ ।

महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्याले चाहेर पनि यहाँ जानसक्दैनन् । न त यसको उचित प्रचार हुनसकेको छ । तथापि थाहा पाएकाहरू यहाँको प्राकृतिक सौन्दर्यको आनन्द लिन आइपुग्छन् । महेन्द्र राजमार्गबाट १७ किलोमिटरको दूरीमा रहेको झरनामा पौडी खेल्न, पिकनिक खान र गर्मी छल्न किशोरकिशोरी, युवालयात आउने गरेका छन् ।

यो झरना जिल्ला सदरमुकाम विराटनगरबाट ७० किलोमिटरको दूरीमा छ । महेन्द्र राजगमार्गमा पर्ने पथरीबजारबाट उत्तर जाँतेबजार हुँदै तेली खोलाको किनारै किनारको बाटोबाट यहाँ पुग्नुपर्ने हुन्छ । झरनामा आउने अधिकांशले फोटो खिच्ने, भिडियो तथा टिकटक बनाउने र त्यसैमा रमाउने गरेका छन्  । पर्यटकको सहजताका लागि आधारभूत संरचना बनाउन पनि कसैले ध्यान दिन सकेका छैनन् । स्वयम् मिक्लाजुङ्ग गाउँपालिकाले पनि यसतर्फ ध्यान दिएको छैन ।

वडाअध्यक्ष मेघनाथ तामाङ भने नेपालकै होचो स्थानको झरना भएकाले यसको प्रवर्द्धनमा स्थानीय सरकार लागिपरेको दाबी गर्नुहुन्छ । खोलाका कारण झरनासम्म बाटो पु¥याउन नसकेको र त्यसका लागि आफूहरूको बजेटले नधान्ने उहाँको भनाइ छ । ‘बाटो बनाउन तेली खोलाले समस्या बनाएको छ । खोला तीन–चारपटक ओहोरदोहोर नगरी झरनासम्म पुग्न सकिँदैन । वास्तवमा समस्या धेरै छ । यदि बाटोमात्रै बनाउन सकेको भए पनि धेरै पर्यटक यहाँ आउनसक्ने । यसका लागि सबैले पहल गर्नुपर्ने देखिन्छ”, वडाध्यक्ष तामाङले भन्नुभयो ।

हुन त पूर्वपश्चिम राजमार्गको मङ्गलबारेबाट १३ किलोमिटरको दूरीमा सामालिङ्गसम्म यातायातका साधन पुग्ने गरेका छन् तर झरनासम्म पुग्न थप तीन किलोमिटर पैदल हिँड्नुपर्छ । यो समस्या समाधान भएमा धेरैले झरनाको आनन्द लिन सक्ने यहाँ पुगेका पथरीशनिश्चरेका विवेक गौतमको विश्वास छ । “माथिबाट बग्ने पानीको फोहराले गर्मीयाममा निकै शीतल दिन्छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि हुन्छ तर पूर्वाधार नभएकाले धेरैले जान सकिरहेका छैनन् ।

यसमा ध्यान दिन आवश्यक छ”, उहाँले भन्नुभयो,“यसलाई थप व्यवस्थित गर्न पाएको भए यही झरनामा हेर्न र रमाउन आउनेहरूकै कारणले यहाँका स्थानीयको आर्थिक विकास टेवा पुग्ने थियो ।” यो झरनाको दुई सय मिटरभन्दा लामो छ । सम्भावना भएर पनि संरक्षण र प्रवर्द्धनको अभावमा यो झरना ओझेलमा परिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ