१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो : मन्त्री भण्डारी

२४ बैशाख २०८२, बुधबार १७:३१

काठमाडौँ | कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ ।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगत्बाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो ।

आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उहाँले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गर्नभयो ।

मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र पत्रकारिता क्षेत्रको भविष्य सुनिश्चत हुने प्रसङ्ग उल्लेख गर्दै पत्रकारको हकहितका पक्षमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

‘विश्वसनीय सूचनाको अधिकार ः जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ मनाइको पत्रकारिता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले ‘पत्रकारिताको समस्या र समाधानका विषय’मा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार