२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्‍याउने लक्ष्य छ’

२०८२, २९ जेष्ठ बुधबार १६:११

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी जनताका घरघरमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगर शाखाद्वारा आज विराटनगर-१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व खानेपानी संस्थान विराटनगरलाई हस्तान्तरण कार्यक्रममा उहाँले सरकारले नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने यस कार्यलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । स्वच्छ खानेपानी जनतालाई उपलब्ध गराउन ‘एक घर, एक धारा’ योजना प्रभावकारी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा पर्ने तराईका जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालनमा नरहेका ४० वटा ‘ओभरहेड ट्याङ्की’ सञ्चालनमा ल्याउन आगामी असार १६ गते ठेक्काका लागि विज्ञापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पुस मसान्तसम्म ३७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने र सतप्रतिशत आधारभूत पानी पुर्‍याउने लक्ष्यका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सङ्घीय सरकारले तराई क्षेत्रमा रहेका अधुरा आयोजना सञ्चालनमा ल्याउन सहयोगको आग्रह गर्नुभयो । खानेपानीको अभावमा पहाडका जनताले बसाइँसराइ गर्ने गरेका भन्दै सोको अन्त्यका लागि सरकारको विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशसभाका सांसदद्वय अमृत अर्याल, गीता रानी महतो, प्रदेशका पूर्वमन्त्री जयराम यादव, जतुवा खानेपानीका उपभोक्ता समितिका पूर्वअध्यक्ष वीरेन्द्र यादव, लक्ष्मीनारायण मन्दिरका हरिप्रसाद यादव र वडा नं १४ का वडाध्यक्ष सूर्यनारायण महतोले समावेशी रूपमा हिमाल, तराई पहाडमा विकास हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा ढुण्डिराज भट्टराई, महाप्रबन्धक इञ्जिनियर अर्जुनबाबु ढकालले नागरिकलाई न्यून शुल्कमा स्वच्छ खानेपानी उपलब्ध गराउन संस्थान प्रतिबद्धता रहेको बताउनुभयो ।

विराटनगर-१४ स्थित उक्त खानेपानीले दैनिक १७ लाख लिटर पानी छ हजार नागरिकलाई उपलब्ध गराउने छ । विसं २०६५ मा साढे आठ कट्ठा जग्गामा निर्माण गरिएको ओभरहेड ट्याङ्की सम्पन्न भएर सञ्चालनमा आउन सकेको थिएन ।

उक्त ट्याङ्कीबाट विराटनगरका वडा नं ८, १४, १०, १३ का बासिन्दालाई प्रतिव्यक्ति दैनिक एक सय २५ लिटरका दरले स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने संस्थानका विराटनगर कार्यालयमा प्रमुख सन्तोष रौनियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह