३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्‍याउने लक्ष्य छ’

२९ जेष्ठ २०८२, बुधबार १६:११

काठमाडौँ | खानेपानीमन्त्री प्रदीप यादवले स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी जनताका घरघरमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ ।

नेपाल खानेपानी संस्थान विराटनगर शाखाद्वारा आज विराटनगर-१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनाको स्वामित्व खानेपानी संस्थान विराटनगरलाई हस्तान्तरण कार्यक्रममा उहाँले सरकारले नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने यस कार्यलाई सरकारले राष्ट्रिय प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । स्वच्छ खानेपानी जनतालाई उपलब्ध गराउन ‘एक घर, एक धारा’ योजना प्रभावकारी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा कोशी प्रदेशमा पर्ने तराईका जिल्लामा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालनमा नरहेका ४० वटा ‘ओभरहेड ट्याङ्की’ सञ्चालनमा ल्याउन आगामी असार १६ गते ठेक्काका लागि विज्ञापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पुस मसान्तसम्म ३७ प्रतिशत जनतालाई स्वच्छ खानेपानी पुर्‍याउने र सतप्रतिशत आधारभूत पानी पुर्‍याउने लक्ष्यका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सङ्घीय सरकारले तराई क्षेत्रमा रहेका अधुरा आयोजना सञ्चालनमा ल्याउन सहयोगको आग्रह गर्नुभयो । खानेपानीको अभावमा पहाडका जनताले बसाइँसराइ गर्ने गरेका भन्दै सोको अन्त्यका लागि सरकारको विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशसभाका सांसदद्वय अमृत अर्याल, गीता रानी महतो, प्रदेशका पूर्वमन्त्री जयराम यादव, जतुवा खानेपानीका उपभोक्ता समितिका पूर्वअध्यक्ष वीरेन्द्र यादव, लक्ष्मीनारायण मन्दिरका हरिप्रसाद यादव र वडा नं १४ का वडाध्यक्ष सूर्यनारायण महतोले समावेशी रूपमा हिमाल, तराई पहाडमा विकास हुनु जरुरी रहेको धारणा राख्नुभयो ।

नेपाल खानेपानी संस्थान सञ्चालक समितिका अध्यक्ष डा ढुण्डिराज भट्टराई, महाप्रबन्धक इञ्जिनियर अर्जुनबाबु ढकालले नागरिकलाई न्यून शुल्कमा स्वच्छ खानेपानी उपलब्ध गराउन संस्थान प्रतिबद्धता रहेको बताउनुभयो ।

विराटनगर-१४ स्थित उक्त खानेपानीले दैनिक १७ लाख लिटर पानी छ हजार नागरिकलाई उपलब्ध गराउने छ । विसं २०६५ मा साढे आठ कट्ठा जग्गामा निर्माण गरिएको ओभरहेड ट्याङ्की सम्पन्न भएर सञ्चालनमा आउन सकेको थिएन ।

उक्त ट्याङ्कीबाट विराटनगरका वडा नं ८, १४, १०, १३ का बासिन्दालाई प्रतिव्यक्ति दैनिक एक सय २५ लिटरका दरले स्वच्छ खानेपानी उपलब्ध गराउन सकिने संस्थानका विराटनगर कार्यालयमा प्रमुख सन्तोष रौनियारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’