३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

६ असार २०८२, शुक्रबार १४:४०

काठमाडौँ | कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताउनुभएको छ ।

प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उहाँले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले सार्वजनिक सवारीका धनीले सवारी चालकले सवारी सञ्चालनका क्रममा देखाउने व्यवहार, हाउभाउ सम्बन्धमा सचेत भई निगरानी गरेमा दुर्घटना कम गर्न सहयोग पुग्ने बताउनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सवारी दुर्घटना, लागुपदार्थ दुर्व्यसन र आत्महत्या मुख्य चुनौतीका रुपमा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाले जनधनको क्षति वृद्धि भइरहेकाले यसको न्यूनीकरण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनीकरणको सचेतनालगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा पाँच हजार १०० सवारी दुर्घटनामा ३८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’