२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका

२०८२, १४ असार शनिबार १३:०४

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया बालिकाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

प्रहरीका अनुसार स्थानीय अक्षय सरदारकी छोरी शनिबार बिहान ३ बजेतिर बेपत्ता भएकी थिइन् । बालिका हराएको सूचना परिवार र आफन्तले बिहान ५ बजे प्रहरी चौकी कर्सियामा दिएका थिए ।

सोधपुछ र खोजतलासपछि बालिकाको शव घरदेखि करिब १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालयको छेउमा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

बालिकाको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनालको टोली पुगेको छ ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरिएको तर पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोसी अस्पताल, विराटनगर पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने