३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका

१४ असार २०८२, शनिबार १३:०४

काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया बालिकाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको आशंका गरेको छ ।

प्रहरीका अनुसार स्थानीय अक्षय सरदारकी छोरी शनिबार बिहान ३ बजेतिर बेपत्ता भएकी थिइन् । बालिका हराएको सूचना परिवार र आफन्तले बिहान ५ बजे प्रहरी चौकी कर्सियामा दिएका थिए ।

सोधपुछ र खोजतलासपछि बालिकाको शव घरदेखि करिब १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालयको छेउमा फेला परेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

बालिकाको अनुहार, घाँटीसहित शरीरका विभिन्न भागमा चोटपटक देखिएको प्रहरीको भनाइ छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सरोज खनालको टोली पुगेको छ ।

घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरिएको तर पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि कोसी अस्पताल, विराटनगर पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ