३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्छः सभामुख विष्ट

२२ असार २०८२, आईतवार १७:३७

काठमाडौँ | कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले सञ्चारकर्मीले समाजमा पछाडि परेका समुदायको उत्थानमा कलम चलाउनु पर्ने बताउनुभएको छ ।

‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा आज यहाँ आयोजित झीलकुमारी लुईटेल स्मृति पत्रकारिता पुरस्कारबाट मोरङस्थित बिबिसीका समाचारदाता विक्रम निरौलालाई नगदसहित सम्मान गर्दै सभामुख विष्टले बालविवाह, महिला हिंसा, छुवाछुथ प्रथा र दाइजो प्रथा अन्त्यका लागि समाजमा समाचारको माध्यमबाट जनचेतना फैलाउनुपर्ने सुझाव दिनुभयो ।

सभामुख विष्टले लुईटेल परिवारले यस क्षेत्रमा स्वास्थ्य, शिक्षा एवम् विकासमा महत्वपूर्ण योगदान गरेका कारण उहाँहरुको सम्झना पछिसम्म रहिरहने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जनप्रतिनिधिले गरेका विकास एवं सामाजिक कार्य राम्रो भए प्रशंसा एवम् नराम्रोको आलोचनात्मक टिप्पणी गरी सुझाव दिन आग्रह गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्रबहादुर राउतले लुईटेल परिवारको यस क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।

सो अवसरमा सभामुख विष्टले छात्रपति लुईटेल निवृत्त शिक्षक सम्मानबाट शिवबहादुर अधिकारी तथा जेहेन्दार छात्रवृत्तितर्फ रोजिना गच्छदार र आयुश रक्त्वेलाई नगदसहित सम्मान गर्नुभएको थियो । सभामुख विष्टले सोही अवसरमा छत्रपत्रि लुईटेल स्मृति ग्रन्थ पुस्तक विमोचन समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ