२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

लौकाखेतीबाट चार लाख आम्दानी

२०८२, १६ बैशाख मंगलवार १३:०६

काठमाडौँ | सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उहाँले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिनुभयो । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताउनुभयो ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उहाँले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिनुभयो । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताउनुभयो । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उहाँले बताउनुभयो । लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने