२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

चौदण्डीगढीको जग्गा स्थानीयवासीबाट नै अतिक्रमण

३ मंसिर २०७३, शुक्रबार ०४:१६

मङ्सिर ३, उदयपुर । उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डी गाविसमा रहेको ऐतिहासिक पर्यटकीयस्थल चौदण्डीगढीवरपरको जग्गा लामो समयदेखि स्थानीयवासीले नै अतिक्रमण र कब्जा गर्दै आएका छन् । 

पच्चीस वर्षदेखि यता आएर मात्र गढीक्षेत्रको वरपर र आसपासको करिब बीस रोपनीभन्दा बढी जग्गा स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्दै आएको चौदण्डी गाबिस सचिव जयन्द्र पाण्डेले बताउनुभएको छ । 

चौदण्डीगढी क्षेत्रमा सडक पुगेको र महत्वपूर्ण ऐतिहासिक पर्यटकियस्थल बनिरहेको बेला सो क्षेत्रमा जग्गाको मूल्यसमेत बढ्दै गएको छ । तर यता गढीक्षेत्रका आसपासका जग्गा भने स्थानीयवासीले अतिक्रमण गरेर जोतपोत गर्ने र घर निर्माणसमेत गरेर बस्न थालेको सचिव पाण्डे बताउनुहुन्छ । गढीक्षेत्रको जग्गा अतिक्रमण भएपछि पटक–पटक आफूहरुले स्थानीयवासीलाई गढी परिसर र आसपासका अतिक्रमित जग्गा छाड्न अनुरोध गरे तापनि स्थानीयवासीले अटेरी गरेर घर नै निर्माणसमेत गरेको सचिव पाण्डे बताउनुहुन्छ । 

गढीक्षेत्रका जग्गामा अहिले करिब १५ घर जति स्थानीयवासीले अतिक्रमण गरेर भोग गर्दै आएको र उक्त जग्गा छाड्न नमानेको चौदण्डीगढी पर्यटन विकास समितिका अध्यक्ष रोहित तामाङसमेत बताउनुहुन्छ । विगतमा गढीक्षेत्रका आसपास झण्डै सय रोपनीभन्दा बढी जग्गा रहेको भए तापनि तत्कालीन समयमा नै यसको सम्बन्धित निकायबाट संरक्षण हुन नसक्दा धेरै जग्गा स्थानीयवासीले अतिक्रमण तथा कब्जा गरेर लामो समयदेखि बसोबास गर्दै आएको स्थानीय नन्दलाल कटुवाल बताउनुहुन्छ । 

चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधार तीव्ररुपमा अगाडि बढ्दै गएपछि जग्गाको अभावमा उक्त क्षेत्रमा धेरै भौतिक निर्माणका कार्य गर्नसमेत समस्या हुन थालेको गढी पर्यटन विकास समितिका अध्यक्ष तामाङको भनाइ छ । गढीको अतिक्रमण भएको जग्गा समयमा नै कानुनी वा अन्य प्रक्रियाबाट व्यवस्थापन नगरे भविष्यमा झनै जग्गा व्यवस्थापनमा समस्या आउने सरोकारवालासमेत बताउँछन् । 

स्मरण रहोस्, उदयपुरको चौदण्डी गढीमा सन् १६६३ देखि १७७३ सम्म चारपुस्ता सेनवंशी राजाहरुले पूर्वको राजधानी बनाई शासन गर्दै आएका थिए । यसरी शासन गर्ने सेन राजामा जगत सेन, विक्रम सेन, मुकुन्द सेन र बुद्धिकर्ण सेन रहेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता