२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटन प्रवर्द्धन गर्न माग

१३ जेष्ठ २०८२, सोमबार ११:१४

काठमाडौँ । पाटेबाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा पर्या पर्यटनको विकास हुन थालेको छ ।

पाटेबाघलगायत वन्यजन्तु संरक्षणमा सफलता हासिल गरे पनि निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या कम नै रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म करिब ७०० पर्यटकले मात्रै निकुञ्ज अवलोकन गरेका छन् ।

गत साउनदेखि हालसम्म आन्तरिक तथा बाह्य पर्यटक गरी जम्मा ७०० को हाराहारीमा निकुञ्जभित्र प्रवेश गरेर अवलोकन गरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभयो ।

“निकुञ्जको मध्यवर्ती क्षेत्रमा वनभोजलगायतका क्रियाकलापमा ५० हजार बढी पर्यटक आउने गरे पनि वन्यजन्तुको वासस्थान क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या ७ सयको हाराहारीमा रहेको छ”, उहाँले भन्नुभयो, “सबै पर्यटक निकुञ्ज मध्यवर्ती क्षेत्रमा सञ्चालित घरवास (होमस्टे) मार्फत निकुञ्जभित्र अवलोकन गरेका हुन् ।”

निकुञ्जले बाघ संरक्षणमा सफलता हासिल गरेपनि पर्यापर्यटनको विकास हुन नसकेको उहाँको भनाइ छ । मध्यवर्ती क्षेत्रमा घुम्न आउने पर्यटकलाई निकुञ्ज अवलोकनमा ल्याउन सक्ने व्यवस्था होमस्टे तथा होटल व्यवसायीले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा ४४४ पर्यटकले अवलोकन गरेका थिए । पर्यटक घुमाउनका लागि होमस्टे तथा होटल व्यवसायीले प्रसस्त मात्रामा सफारी गाडीको व्यवस्था गर्नसके निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढ्ने निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।

उहाँका अनुसार, बाँके निकुञ्जमा अहिले वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुनुका साथै बाघ संरक्षणमा निकुञ्जले सफलता हासिल गरेको छ । सन् २०२२ को सर्वेक्षणअनुसार बाँके राष्ट्रि«य निकुञ्जमा २५ वयस्क बाघ रहेका छन् । यस्तै स्तनधारी वन्यजन्तु ३४, चरा २७६, सरिसृप २४, उभयचर नौ र माछा ५५ गरी ४२२ प्रजाति रहेका छन् ।

विसं २०६७ असार २८ गते स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ ।

निकुञ्जमा वन्यजन्तुसँगै प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बढ्दै गए पनि सन्तोषजनक अवस्था नरहेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा गाभर होमस्टे, खड्कवार होमस्टे र नयाँगाउँ होमस्टे सञ्चालित छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि बर्सेनि बढ्दै गए पनि बाँकेमा भने सुनसान अवस्था रहेको पर्यटन प्रवद्र्धन मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले बाँके निकुञ्जलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा चिनाउन नागरिकस्तरबाट आफूहरु लागिपरेको उल्लेख गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता