३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्थानीय जातको बीउ संरक्षण गर्दै सहकारी संस्था

१४ जेष्ठ २०८२, मंगलवार ११:३७

काठमाडौँ । राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्थाले स्थानीय रैथाने (परम्परागत) जातको खाद्य बालीको बीउ संरक्षण गर्दै आएको छ ।

एक दशकदेखि किसानलाई आवश्यक पर्ने स्थानीय परम्परागत जातको धान, मकै, गहुँ, मसुरो र तोरीको बीउ उत्पादन गरी किसानलाई सहज र सुलभ मूल्यमा उपलब्ध गराउँदै आएको संस्थाका मुख्य व्यवस्थापक जमानसिंह वलीले जानकारी दिनुभयो ।

“हामीले १० वर्षदेखि जिल्लामा उत्पादन हुने खाद्यबालीको बीउ उत्पादन गरी वितरण गर्दै आएपछि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “हामीले कृषि अनुसन्धान केन्द्र खजुराबाट सिफारिस स्थानीय परम्परागत जातको गुणस्तरीय बीउ उत्पादन गरी वितरण गर्न थालेपछि किसानलाई ठूलो राहत भएको छ ।”

सहकारीले यतिबेला स्थानीय रैथाने जातको धानको बीउ धमाधम बिक्री गर्दै आएको छ । सहकारीले यो वर्ष किसानलाई राधा–४ र रामधान नाम गरेको स्थानीय रैथाने जातको धान बिक्री गरिरहेको छ । साकार कृषि सहकारी संस्थाका आठ हजार बढी सेयर सदस्य छन् ।

हालसम्म राप्ती सोनारी गाउँपालिकालाई चार सय ४७ क्विन्टल, बैजनाथ गाउँपालिकालाई एक सय ५० क्विन्टल र फुटकर रूपमा किसान तथा एग्रोभेट व्यवसायीलाई धानको बीउ बिक्री वितरण गरिरहेको मुख्य व्यवस्थापक वलीको भनाइ छ ।

उहाँका अनुसार यस वर्ष साकार कृषि सहकारीले ११ सय क्विन्टल धानको बीउ बिक्री वितरण गर्ने लक्ष्य लिएको छ । गत वर्ष एक हजार पाँच सय क्विन्टल धानको बीउ बिक्री गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष धानको बीउ केही कम उत्पादन भएको छ ।

साकार कृषि सहकारीले धानसँगै किसानलाई आवश्यक पर्ने स्थानीय रैथाने जातको मकै, गहुँ, मसुरो र तोरीको बीउ पनि उत्पादन गरेर किसानलाई बिक्री गर्दै आएको संस्थाका अध्यक्ष हुमाशङ्कर वलीले बताउनुभयो ।

“किसानलाई आवश्यक पर्ने सबै बालीको गुणस्तरीय बीउ उत्पादन गरेर किसानलाई बिक्री गर्ने र किसानको उत्पादन खरिद गरेर बजारीकरणसमेत गर्ने गरेका छौँ”, अध्यक्ष वलीले भन्नुभयो, “किसानलाई सहज र सुलभ तरिकाले बीउ बिक्री गर्नुका साथै स्थानीय रैथाने जातको बीउको संरक्षण गर्ने पनि हाम्रो उद्देश्य छ ।”

संस्थाको राप्ती सोनारी–५ बिनौनामा रहेको गोदामघरमा बीउ उत्पादन र भण्डारण हुँदै आएको छ । गोदामघर साँघुरो भएकाले आधुनिक गोदामघर निर्माणका लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारसँग आवश्यक सहयोगको लागि आग्रह गरिएको अध्यक्ष वलीले जानकारी दिनुभयो ।

“स्थानीय जातका धानका बीउको विशेषताबारे स्थानीय किसानलाई जानकारी दिई खेतमा लगाउनका लागि उत्प्रेरण दिँदै आएका छौँ’, सहकारीका व्यवस्थापक भरत केसीले भन्नुभयो, “किसानले स्थानीय जातका धानको महत्व बुझेर हाल पुनः छाड्दै गएका धानको खेती गर्न थालेका छन् ।”

उहाँका अनुसार, स्थानीय जातको धान रोग कीरा प्रतिरोधी, सुक्खा सहन सक्ने र डुबान भएमा समेत थोरै मात्र नोक्सानी हुने भएकाले धेरै टाढाबाट पनि यही जातका धानको बीउको खोजी गर्न किसान यहाँ आउने गरेका छन् । सहकारीले लागत खर्च कटाएर सहुलियतमा धानको बीउ उपलब्ध गराउँदै आएको छ ।

बीउ संरक्षणको कार्य हुँदै आएकाले लोप हुँदै गएका प्रजातिको संरक्षणमा टेवा पुगेको स्थानीय किसान अशोक चौधरीले बताउनुभयो । सहकारीले बीउ उत्पादन गरी सरल र सुलभ तरिकाले बिक्री गर्न थाले पनि किसानलाई बीउ जोगाएर राख्नुपर्ने बाध्यता अहिले हटेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए