२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति

१४ बैशाख २०८२, आईतवार १५:०९

काठमाडौँ | बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा निराजन सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

समितिले चार दिनभित्र प्रतिवेदन बुझाउने छ । आगलागीका कारण आजदेखि दुई दिनसम्म भेरी अस्पतालको बहिरङ्ग (ओपिडी) सेवा बन्द गरिएको अस्पतालका मेसु डा सुवेदीले बताउनुभयो । आगालागी भएको मेडिकल स्टोर र ओपोडी सेवा एउटै भवनमा रहेकाले पनि काम गर्न असहज हुने देखिएपछि ओपिडी सेवा बन्द गरिएको उहाँले उल्लेख गर्नुभयो ।

अस्पतालमा प्रयोग हुने सबै प्रकारका औषधिसँगै उपकरण र प्रयोगशालामा प्रयोग हुने महँगो मूल्य पर्ने भ्याक्सिनलगायत सबै जलेर नष्ट भएकाले पनि ओपिडी सेवा प्रभावित भएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट केही कोठाका फर्निचर र कागजपत्रहरू पनि जलेर नष्ट भएका छन्

शनिबार आगलागी भएकाले मेडिकल स्टोरभित्र कर्मचारी र बाहिर बिरामी तथा अन्य मानिसहरू नरहेकाले मानवीय क्षति हुन नसके पनि भौतिक क्षति भने भएको अस्पतालले जनाएको छ ।

मेडिकल स्टोरमा आगलागी भएलगत्तै तत्काल दमकल र प्रहरीलाई खबर गरिएकाले दमकल, अस्पतालका कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको अस्पतालका सूचना अधिकारी डा सङ्केत रिसालले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट मेडिकल स्टोरमा रहेका अधिकांश औषधि जलेर नष्ट भएका छन् ।

आगलागीको कारण विद्युत् सर्ट भएको हुनसक्ने अनुमान गरिए पनि घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आगलागी नियन्त्रण गर्न करिब दुई घण्टा लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का