३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

२७ जेष्ठ २०८२, सोमबार १२:१७

काठमाडौँ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ मा हुँदै आएको डुवान र कटानबाट बस्ती जोगाउन लागि भत्ताखोलालाई तटबन्धन गरिएको छ । गुरुवागाउँ हुँदै ढकेरी बजारसम्मको बस्तीमा प्रत्येक वर्ष डुवान र कटान गर्दै आएको भत्ताखोलाको बाढीलाई नियन्त्रण गर्ने दीर्घकालीन योजना अन्तरगत बस्ती भन्दा पर जङ्गल क्षेत्रबाटै खोलालाई तटबन्धन गरिएको राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले जानकारी दिनुभयो ।

“प्रत्येक वर्ष वर्षायाममा ठूलो पानी पर्नासाथ भत्ताखोलामा आउने बाढीले वडाका गाउँबस्तीमा डुवान तथा कटान गर्ने समस्यालाई समाधान गर्न खोलालाईनै तटबन्धन गर्न सफल भएका छाँै”, वडाध्यक्ष थारुले भन्नुभयो,“अब वर्षायाममा भत्ताखोलाको बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हटेको छ ।”

उहाँका अनुसार, लुम्बिनी प्रदेश सरकारको रु ५५ लाख बजेटमा गुरुवागाउँ नजिकै रहेको आँपखोली सामुदायिक वनमा रहेको चुरे पहाडलाई कटान गरी भत्ता खोलालाई वनक्षेत्रबाटै गरी बसन्ता खोलामा मिलाइएको छ ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले ठेक्कामार्फत तटबन्धन गरिरहेको छ । अव तटबन्धनमा तारजाली र ढुङ्गा विछ्याउने काम मात्रै बाँकी रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेका प्रमुख आशिष विकले जानकारी दिनुभयो ।

करिब १८ मिटर अग्लो पहाडलाई कटान गरेर एक सय ८० मिटर लामो तटबन्धन गरिएको छ । विगत चार वर्षदेखि बजेट विनियोजन हुँदै आए पनि विभिन्न कारणले काम हुन नसकेकोमा यस वर्ष बाँके राष्ट्रिय निकुञ्जलगायत सरोकारवाला निकायसँगको समन्वय र सहमतिमा काम सम्पन्न गर्न सकिएको उहाँले जानकारी दिनुभयो ।

यो तटबन्धनपछि अव वर्षायाममा भत्ताखोला र चुके नाला हुँदै आउने बाढी बस्ती भन्दा बाहिर बसन्ता खोला भएर बग्ने छ । तटबन्धनले राप्ती सोनारी–९ का गुरुवागाउँ, खड्काटोल, पहाडीपूर्वा, थारुगाउँ,ढकेरी र पम्पबजार डुवान तथा कटानको समस्या समाधान भएको ढकेरी बजार व्यवस्थापन समितिका अध्यक्ष विश्वराज खनालले बताउनुभयो ।

उहाँले दशकौँदेखिको स्थानीयवासीको चाहना र आवश्यकता अहिले पूरा भएको उल्लेख गर्दै भत्ताखोला डाइभर्सनलाई अव नियमित मर्मत तथा सम्भारमा पनि चासो देखाउनुपर्ने बताउनुभयो ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले भत्ताखोलाले दिँदै आएको दुःखबाट अव जनताले छुटकारा पाएको बताउनुभयो । उहाँले राप्ती सोनारी गाउँपालिकामा भत्ता खोला जस्तै दर्जनौँ खहरेखोलाले गाउँबस्ती डुवानमापर्ने समस्या समाधान गर्न आफूले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’