१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साली हत्या आरोपमा भिनाजु पक्राउ

२२ फाल्गुन २०८१, बिहीबार १२:०५

बर्दिया | प्रहरीले साली हत्याको आरोपमा भिनाजु र उनकी बुहारीलाई नियन्त्रणमा लिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरिगाउँमा घर भाडामा लिइ बस्दै आइरहेकी राधा बोहोराको फागुन ४ गते घरभित्रै रहस्यमय मृत्यु भएको थियो।

सोही निवासी मृतक बोहोराको भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र निजकी बुहारी २४ वर्षीया उमाकुमारी खत्रीलाई घटना अनुसन्धानका क्रममा मृत्यु प्रकरणमा संलग्नता देखिएकोले बर्दिया जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न अनुमति पाएपश्चात् दुबै जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए।

भुरिगाउँ स्थित सानो छाप्रोमा घर भाँडामा लिइ बस्दै आइरहेकी बोहोराको सुत्ने कोठामा फागुन ४ गते बिहान साढे १० बजे बाहिरबाट ताल्चा लगाएको अवस्थामा स्थानीयले फेला पारी जनप्रतिनिधिहरूको रोहबरमा ताल्चा फुटाइ घरभित्र हेर्दा घर कोठामा रहेको बाँसको खामोमा मृत अवस्थामा बोहोराको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थल मुचुल्कापश्चात् प्रहरीले सघन अनुसन्धान गर्दै जाँदा मृतकका भिनाजु नाता पर्ने र निजकी बुहारीको संलग्नता देखिएकोले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी घर्तीमगरले जानकारी दिएका छन्। घटनाको आशंकामा प्रहरी नियन्त्रणमा रहेका दुबैजना आरोपित प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का