२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ

१४ बैशाख २०८२, आईतवार १२:४०

काठमाडौँ | दाङमा हत्या आरोप लागेका एकजना अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ परेको दाङ प्रहरीले बताएको छ । ससुराको हत्या अभियोगमा फरार रहेका तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

वीरबहादुरले २०६२ साल साउन १४ गते राति करिब ८ बजे तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा तरकारी पसल सञ्चालन गर्दै आएका ससुरा कासीराम विकको हत्या गरी फरार रहेका थिए । मादक पदार्थ सेवन गरेका गुरुङले घरायसी विवादका क्रममा ससुरा कासीराम विकमाथि कुटपिट गर्दा घटनास्थलमै विकको मृत्यु भएको थियो ।

हत्यापछि फरार भएका गुरुङ लामो समय भारतमा लुकेर बसेका थिए । हाल उनी तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई वैशाख १२ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो