२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ

२०८२, १४ बैशाख आईतवार १२:४०

काठमाडौँ | दाङमा हत्या आरोप लागेका एकजना अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । ससुराको हत्या गरी फरार रहेका एकजना २० वर्षपछि पक्राउ परेको दाङ प्रहरीले बताएको छ । ससुराको हत्या अभियोगमा फरार रहेका तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँका ४२ वर्षीय विरबहादुर गुरुङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

वीरबहादुरले २०६२ साल साउन १४ गते राति करिब ८ बजे तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कमा तरकारी पसल सञ्चालन गर्दै आएका ससुरा कासीराम विकको हत्या गरी फरार रहेका थिए । मादक पदार्थ सेवन गरेका गुरुङले घरायसी विवादका क्रममा ससुरा कासीराम विकमाथि कुटपिट गर्दा घटनास्थलमै विकको मृत्यु भएको थियो ।

हत्यापछि फरार भएका गुरुङ लामो समय भारतमा लुकेर बसेका थिए । हाल उनी तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरी टोलीले उनलाई वैशाख १२ गते पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा