२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्राङ्गारिक मल उत्पादनसँगै डढेलो नियन्त्रण

२०८२, १९ जेष्ठ आईतवार १३:२२

काठमाडौँ | यहाँको एक सामुदायिक वन र उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने वस्तुबाट प्राङ्गारिक मल उत्पादन गर्दा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा सहयोग पुगेको छ । सुक्खा समयसँगै अन्य वनमा आगलागी भए पनि दाङको लमही नगरपालिका–५ स्थित अजम्बरी सामुदायिक वन क्षेत्रमा आगो लागेको छैन ।

सो वन उपभोक्ता समूहले वन क्षेत्रमा खेर जाने घाँस र पातपतिङ्गरलाई उपयोग गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि यो कार्यमा सहयोग पुगेको हो । वन क्षेत्रमा जलेर, कुहिएर नष्ट हुने घाँस र स्याउला सोत्तरलाई उपयोग गरेर गत वर्षदेखि प्राङ्गारिक मल उत्पादन गर्न थालिएको छ ।

समूहका अध्यक्ष पवन शर्मा रिजालका अनुसार पातपतिङ्गरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी वन समूह अघि बढेको बताउनुभयो । पातपतिङ्गर व्यवस्थापनलाई दिगो बनाउन आम्दानीसँग जोडेर प्राङ्गारिक मल उत्पादन थालेको जनाउँदै अध्यक्ष रिजालले भन्नुभयोे, “वन क्षेत्रमा खेर जाने पातपतिङ्गरलाई सदुपयोग गर्दै प्राङ्गारिक मल उत्पादनमा जोडिएका छौँ, यसले सुक्खा समयमा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणमा समेत सहयोग गरेको छ ।”

सुक्खाका समयसँगै अन्य वनमा आगलागी भए पनि अजम्बरी सामुदायिक वन क्षेत्रमा लागेको छैन । त्यसले गर्दा वनमा खेर जाने वस्तुको सदुपयोग भएको छ भने आगलागी नियन्त्रण र आम्दानीमा सहयोग पुगेको छ । यहाँ वन समूहले प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि स्थानीय सात जनाले रोजगारी पाएका छन् ।

वन व्यवस्थापनमा आधारित कार्यक्रमअन्तर्गत समुदायिक वन अध्ययन केन्द्रले प्राङ्गारिक मल उत्पादनका लागि औजार सहयोग गरेपछि वन समूह मल उत्पादनमा जुटेको अध्यक्ष शर्मा बताउनुहुन्छ । वन जङ्गलमा सुकेको पातपतिङ्गरसँगै गाईभैँसीको गोबर सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनका लागि स्थानीयलाई रोजगारी मिलेको अध्यक्ष रिजालले बताउनुभयो ।

अध्यक्ष रिजालका अनुसार वन समूहले प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई बिक्री गर्ने गरी काम सुरु गरे पनि अहिले थोरै उत्पादन भएको र उक्त मल वन समूहले सञ्चालन गरेको हरित पार्कमा बिरुवा हुर्काउन प्रयोग गरिएको बताउनुभयो ।

वन व्यवस्थापन कार्यक्रमअन्तर्गत पर्यटन प्रवर्द्धनसँगै पछिल्लो समय जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरलाई सदुपयोग गरेर प्राङ्गरिक मल उत्पादन गरेर अजम्बरी सामुदायिक वन समूहले नमूना काम गरिरहेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो ।

वन समूहको मल उत्पादन गर्ने कार्यले पातपतिङ्गरको व्यवस्थापनसँगै वन समूहलाई आयआर्जनमा सहयोग पुग्ने उहाँले बताउनुभयो । प्राङ्गारिक मल तयार गर्नका लागि आवश्यक गोबरको जोहोका लागि छाडा पशु चौपाया व्यवस्थापनसमेत गरिएको मल उत्पादनसम्बन्धी काम गर्दै आउनुभएका लमही–५ लमही निवासी मैते पुन बताउनुहुन्छ ।

वन संरक्षण गरेर काठ, दाउरा उत्पादन गर्दै आएका सामुदायिक वनले पछिल्लो समय पर्यटन क्षेत्र निर्माणसँगै जङ्गलमा खेर जाने घाँस र पातपतिङ्गरबाट जैविक मल उत्पादन गरेर आगामी दिनमा आयआर्जनमा टेवा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह