२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

उद्योग स्थापनापछि उखु किसानको जीवन सुधार

२०८२, २० जेष्ठ सोमबार १२:१७

गुल्मीको रूरूक्षेत्र गाउँपालिका–३ थोर्गा पानीट्याङ्कीका गोविन्द ज्ञवालीको पुख्र्यौली पेसा थियो उखुखेती । उहाँले उखुबाट खुदो र गुड बेचेरै आम्दानी गरिरहनुभएको छ । ज्ञवालीले ढाई रोपनी जग्गामा गरेको उखु खेतीबाट वार्षिक ५८ हजार आम्दानी गर्दै आउनुभएको छ । उखु खेती बाहेक परिवार अन्य कृषि पेशामा आवद्ध छ भने गोविन्दले गाउँमै स्थापना भएको गुड खुदो उद्योगमा काम गर्नुहुन्छ । केही उखु बीउको लागि पनि राखेको राम्रो आम्दानी भइरहेकाले विदेश जाने कुनै योजना नभएको गोविन्द बताउनुहुन्छ ।

रूरूक्षेत्रमा गोविन्दजस्तै उखु खेतीबाट धेरैले मनग्य आम्दानी गरिरहेका छन् । रूरूक्षेत्र गाउँपालिका उखु खेतीको लागि प्रख्यात मानिन्छ । पालिकाभरी करिब तीन हजार रोपनीमा अहिले उखु खेती भइरहेको छ । पछिल्लो समय उखुको उचित मूल्य र बजारीकरणका लागि पालिकाले वडा नं ४ मा ‘थोग्रेली गुड खुदो उद्योग’ स्थापना गरेको छ । जसबाट स्थानीयले एकातर्फ उखुको झण्डै दोब्बर मूल्य पाएका छन् भने अर्कोतर्फ गाउँमै रोजगारी समेत सिर्जना भएको छ । उद्योगबाट उखुको रसबाट गुड, खुदो र मिठाइ उत्पादन हुदैँ आएको छ । जसले गर्दा उखु किसानको जीवनस्तर नै फेरिएको छ ।

उखु किसानलाई एकीकृत गरी उद्योग स्थापना गर्नको लागि रूरू बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गठन भयो । सहकारीमा हाल एक सय १० कृषि आवद्ध छन् । ‘थोग्रेली गुड खुदो उद्योग’ पनि यसै सहकारीमार्फत संचालन भइरहेको छ । उद्योगले अहिले कृषकको बारीमै पुगरे उखु खरिद गर्दछ । उद्योगले गत माघ महिनाभर प्रतिकेजी ११ तथा फागुन महिनादेखि हालसम्म प्रतिकेजी १२ रूपैँयामा उखु खरिद गरिरहेको छ । उद्योगले ल्याएको उखु पेलेर खुदो पकाउने, गुड तथा गुडका मिठाई बनाउने काम गरिरहेको रूरू कृषि परियोजनाका संयोजक प्रकाश चालिसेले जानकारी दिनुभयो ।

उद्योगबाट रोजगारी सिर्जना

रूरूमा स्थापना भएको उद्योगले स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गरेको छ । स्थानीय हरि सेनानीले पहिले दुवैको कम्पनीमा काम गर्नुभयो । केही सयमअगाडि घर आउनुभएका उहाँले गाउँमै स्थापना भएको उद्योगमा काम पाउनुभयो । अहिले उहाँले उखु खुदो पकाउने, गुड बनाउने र प्याकेटिङ्को काम गर्नुहुन्छ । “विदेशमा अरूको दबाबमा धेरै काम गर्नुपथ्र्यो, यहाँ साथीभाइसँगै काम गर्न पाइएको छ,” उहाँले भन्नुभयो, “यहाँको उद्योगमा काम गर्दा पारिवारिक वातावरण छ ।” सोही उद्योगमा गुड प्याकेटिङको काम गर्ने सीता पन्थलाई उद्योगमा काम सुरू गरेदेखि दैनिक घरखर्च चलाउन निकै सहज भएको छ ।

काम गरेर मासिक १२ हजार कमाउने उहाँले सहकारीको शेयर सदस्य भएको कारणले काम पाएको बताउनुभयो । उद्योग स्थापनादेखि नै काम गर्दै आएकी कल्पना राईले पनि अहिले सानोतिनो खर्चको लागि श्रीमान्सँग घरखर्च माग्नु नपरेको बताउनुभयो । “घरखर्च चलाएकी छु, दुई हजार पैसा पनि साथमा हुने गरेको छ,” उहाँले भन्नुभयो, “गाउँमै उद्योग स्थापना भए पनि हाम्रो दैनिकी फेरिएको छ ।” उद्योगमा हाल नियमित पाँच जनाले रोजगारी पाएका छन् । काम गर्ने सबै सहकारीका शेयर सदस्य छन् । उहाँहरूको कामको प्रकार हेरिकन मासिक रु १२ हजारदेखि २५ हजारसम्म प्रदान गरिएको छ । यसरी सबै कामदारको मासिक रु दुई लाख सहकारीले भुक्तानी गर्ने प्रबन्धक प्रकाश थापाले बताउनुभयो ।

चार महिनामै २९ लाखको गुड, खुदो बिक्री

उखुको रसबाट बन्ने परिकार बनाउनको लागि वडा नं ४ मा उद्योग स्थापना भयो । जसमा पालिकाले भवन निर्माणको लागि रु २० लाख र नवप्रभावत युवा सङ्घद्वारा सञ्चालित रूरू कृषि परियोजनाको समन्वयमा हेफर इन्टरनेशनलले रु ५२ लाख लगानी छ । उद्योगले स्थापनाको छोटो समयमै राम्रो आम्दानी गरेको छ ।

उद्योगले उखुको खरिददेखि गुड, खुदो र मिठाइ उत्पादन गरी बिक्री गर्दछ । उत्पादित गुड, खुदो स्थानीय बजारमै खपत हुन्छ । अहिलेसम्म दुई सय ६५ टन उखु प्रशोधनबाट रु १९ लाखमा ७५ क्विन्टल गुड र १० लाखमा पाँच हजार लिटर खुदो बिक्री भएको सहकारीका प्रबन्धक थापाले बताउनुभयो । अहिले दैनिक ढाइ क्विन्टल खुदो उत्पादन भइरहेको छ ।

अहिले पनि १५ हजार लिटर खुदो स्टक रहेको छ । उद्योग स्थापनादेखि हालसम्म दुई सय ६५ टन उखु बिक्रीबाट किसानले ३१ लाख ८० हजार रकम बुझेका छन् । पहिले प्रतिकेजी सात रूपैँयामा बिक्री हुने उखु अहिले उद्योग स्थापना भएसँगै प्रतिकेजी १२ रूपैँयामा बिक्री भइरहेको छ । उखु बिक्रीबाट सबैभन्दा धेरै गङ्गा पुनले दुई लाख ५० हजार आम्दानी गर्नुभएको छ । “उद्योग स्थापनापछि उखुमा झण्डै दोब्बर मूल्य पाइएको छ,” पुनले भन्नुभयो, “अब बजारको पनि कुनै समस्या छैन ।” रूरूमा हाल रातोकोशेर, थारापाते लगायतका जातका उखु उत्पादन हुने गरेका छन् । लगाएको नौ महिनामा तयार हुने एउटा उखुको घार औषतमा तीन किलो हुने गरेको छ ।

रूरूक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले किसानको आवश्यकतालाई मध्यनजर गरी उद्योग स्थापना गरको बताउनुभयो । “कृषि र पर्यटनमार्फत रोजगारी सिर्जना गर्नेतर्फ उन्मुख भइरहेका छौँ,” अध्यक्ष ज्ञवालीले भन्नुभयो, “उखु खेती विस्तार गर्नको लागि पालिकाले मल, बीउ र प्रविधिमा सहयोग गरको छ ।” उहाँले अब बनाउने नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उखुखेती र उद्योगलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह