८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भैरहवामा खराब मौसमका कारण जजिरा, फ्लाइ दुबइ र थाई एयरको उडान स्थगित

२४ मंसिर २०८१, सोमबार १४:२३

काठमाडौं । खराब मौसमका कारण भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान स्थगन गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दैआएको जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले भैरहवाको मौसम बाक्लो हुस्सुले भरिएर अवतरणमा कठिनाइ भएको भन्दै उडान केही समयका लागि स्थगित गरेका हुन् । तीनै वायुसेवाले लिखित रुपमा तत्काल उडान निरन्तरता दिन नसक्ने जनाएका छन् ।

प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार केही दिनयता अन्तर्राष्ट्रिय विमानहरु भैरहवामा अवतरण हुन नसकेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको जानकारी दिए । तराईको मौसम हुस्सुका कारण खराब भएको मौसम सुधार नहुन्जेलसम्म उडान गर्न नसकिने अन्तर्राष्ट्रिय हवाइ कम्पनीले जनाएको भुलले बताएका छन् ।

भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री र इटाभट्टाबाट निस्कने प्रदूषणका कारण त्यहाँको आकास प्रदूषित भइरहेको पनि बताइएको छ । सहप्रवक्ता भुलका अनुसार विदेशी वायुसेवाले उडानलाई निरन्तरता चाहँदाचाहँदै मौसमका कारण उडान रोक्नुपरेको बताएका छन् ।

भैरहवाको मौसम बिग्रिँदा विशेषगरी ठूला जेट विमान अवतरणमा कठिनाइ आएको पनि बताइएको छ । तर भैरहवामा उडान नियमित भएसँगै जजिरा, फ्लाइ दुबइ र थाइ एयरवेज लगायत अन्तर्राष्ट्रिय कम्पनीले यसबीचमा ४ हजार ७ सय यात्रुको आवागमन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता