२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

२२ जेष्ठ २०८२, बुधबार ११:२५

काठमाडौँ । पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताउनुभयो ।

पञ्चैबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली आवश्यक पर्छ । दुई जनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाहा बजाउँछन् । समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बजाउँछन् ।
यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् । गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ, उहाँले भन्नुभयो ।

पञ्जैबाजा संरक्षणका लागि महिलाहरू अघि सरेपछि त्यसमा पुरुषहरूले पनि साथ दिएको हुन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको संयोजक छहारीले बताउनुभयो ।

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि गाउँपालिका र वडा कार्यालयले महिलाहरूका लागि तालिम दिएर बाजा किनिदिएपछि समूहमा आबद्ध महिला बाजा बजाउन थालेका हुन् । युवा र पुरुषहरू विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, व्रतबन्धजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका वडाध्यक्ष नारायणबहादुर केसीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको रु ५० हजार बजेटबाट बाजा खरिद गरिएकामा यस वर्ष रु ५० हजार बजेटमार्फत महिलालाई बाजा बजाउन सिकाइएको हो । सीप र सामग्री पाएपछि महिलाले व्यावसायिक रुपमा बाजा बजाउन थालेका हुन् ।

पञ्जैबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने समूहकी अस्मिता रुचालले बताउनुभयो । ‘‘अहिले म ढोलकी सिक्दैछु, पहिला मादलसम्म बजाउन जानेको थिइनँ, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ । हामी महिलाले बाजा बजाउन लागेका छौँ, यसले समाजमा ठूलो प्रभाव पार्नेछ”, उहाँले भन्नुभयो । समूहका १६ जनाले पञ्चैबाजा बजाउन तालिम लिएका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो