२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु

४ बैशाख २०८२, बिहीबार १५:३४

काठमाडौँ | संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन बुधबारदेखि धनुषाको लालगढमा सुरु भएको छ । मधेश प्रदेश सभा सचिवालयद्वारा आयोजित तीन दिने सम्मेलनमा उपसभामुखहरूको भूमिकासँगै नीतिगत सुधारका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयताको उपलब्धिहरूलाई आम जनसमक्ष प्रभावकारी ढंगले प्रस्तुत गर्न नसकिएकोमा बताए। उनले भने, “संघीयता कार्यान्वयन भएको सात-आठ वर्ष बितिसक्यो । यस अवधिमा शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा थुप्रै काम भएका छन् । तर तिनलाई प्रचार गर्न सकेनौँ ।”मुख्यमन्त्री सिंहले संघीयताको जननीको रहेको बताउँदै उनले नेपाललाई आफ्नै पहिचानमा चिनाउनुपर्ने आवश्यकता औँल्याए । उनले थप्दै भने, “हामी नेपाललाई विशुद्ध रूपमा नेपाल बनाउनुपर्छ । हाम्रो देशमा बुद्ध, सीता र पशुपतिनाथ छन् । प्राकृतिक पर्वत र सम्पदाहरू छन् जसलाई प्रवर्धन गर्न सके पर्यटनमार्फत देशको अर्थतन्त्र मजबुत बनाउन सकिन्छ ।”

मुख्यमन्त्री सिंहले सांसदहरूको प्रमुख भूमिका कानुन निर्माण हो भन्ने विषयमा जनचेतना अभाव रहेको पनि उल्लेख गरे । उनले सडक, पुल र अस्पतालका विषयलाई लिएर जनताले गुनासो त सुनाउँछन् तर एक जनाले पनि सांसदहरूले कति वटा कानुन बनाए भनेर सोध्दैन भन्दै प्रश्न गरे । सम्मेलनमा मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले नेपालको राजनीतिक इतिहासमा संसदीय अभ्यासको निरन्तरतामाथि प्रकाश पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबभन्दा उत्कृष्ट शासन प्रणालीको रूपमा व्याख्या गरे । उनले विधेयक निर्माण, परीक्षण, निरीक्षण र संसदीय निगरानीलाई संस्थागत गर्दै जानुपर्नेमा जोड दिए ।

सभामुख मण्डलले वर्तमान संविधान गतिशील दस्ताबेज भएको र त्यसलाई आत्मसात गर्नुपर्ने बताउँदै उनले संविधान फेर्ने प्रवृत्ति राज्य सत्ता अस्थिरताको प्रमुख कारण भएकाले त्यसलाई निषेध गर्नुपर्ने धारणा राखे । सम्मेलनमा प्रतिनिधिसभा उपसभामुख इन्द्रेणी राना, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र उमिला अर्याल, प्रदेश उपसभामुखहरू बबिताकुमारी राउत (मधेश), सुजना दंगाल (कोशी), अमरसा चापागाईं (बागमती), बिनाकुमारी थापा (गण्डकी), मनेका खाँड केसी (लुम्बिनी), यशोदा न्यौपाने (कर्णाली), र कौशिला देवी चौधरी (सुदूरपश्चिम) सहभागी छन् ।

कार्यक्रममा संविधानविद् तथा प्रशासन विज्ञ काशीशरण दहालले पनि संसदीय अभ्यास र संघीयता सुदृढीकरणका लागि आवश्यक विधि संरचनाबारे प्रस्तुति दिए । सम्मेलनमा उपसभामुखहरूबिच अनुभव आदानप्रदानसँगै भविष्यका सुधारात्मक सुझावहरू प्रस्तुत गरिने छ । संसदीय अभ्यास सुदृढ गर्न आयोजित यो सम्मेलनलाई संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण पहलको रूपमा हेरिएको प्रशासन विज्ञ दाहालले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली