३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

वीरगञ्जको जनजीवन सामान्य हुँदै

४ बैशाख २०८२, बिहीबार १२:४३

काठमाडौँ | वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभा यात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिवारदेखी उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ । वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।

बुधवारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।

वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’