१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

१५ बैशाख २०८२, सोमबार १६:०७

काठमाडौँ | पर्साको ग्रामीण भेगमा रहेको इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका-५ बहुअर्वाका रुस्तम मियाँकी छोरी ५ वर्षीया नेहा खातुन र त्यही गाउँका मुख्तार मियाँकी छोरी ४ वर्षीया आसिया खातुन रहेका छन्।

वीरगन्ज महानगरपालिका-२ का सन्तोष साहले बहुअर्वामा सञ्चालन गरेको हिरा इँटा भट्टाको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुबै बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ। सोमबार दिउँसो दुवै बालिका पानीमा नुहाउन पसेका बेला डुबेर अचेत भएका थिए। स्थानीयले तत्कालै उद्धार गरेर उनीहरूलाई वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का