२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु

२०८२, १५ बैशाख सोमबार १६:०७

काठमाडौँ | पर्साको ग्रामीण भेगमा रहेको इँटा भट्टा छेउको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका-५ बहुअर्वाका रुस्तम मियाँकी छोरी ५ वर्षीया नेहा खातुन र त्यही गाउँका मुख्तार मियाँकी छोरी ४ वर्षीया आसिया खातुन रहेका छन्।

वीरगन्ज महानगरपालिका-२ का सन्तोष साहले बहुअर्वामा सञ्चालन गरेको हिरा इँटा भट्टाको छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दुबै बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ। सोमबार दिउँसो दुवै बालिका पानीमा नुहाउन पसेका बेला डुबेर अचेत भएका थिए। स्थानीयले तत्कालै उद्धार गरेर उनीहरूलाई वीरगन्जको नारायणी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा