२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बागमती नदीमा बेपता भएका एक भारतीय युवकको शव फेला

२०८२, १९ श्रावण आईतवार १५:१३

काठमाडौँ | रौतहटको बागमती नदीमा बेपता भएका एक भारतीय युवक शव भेटिएको छ। शनिबार बागमती नदीमा नुहाउने क्रममा बेपता भएका भारत बिहार खगडिया पछौराका ३० वर्षीय रोहित कुमार सिंहको शव नदिको नहरमा बरामद भेटिएको हो।

शनिबार दिउँसो ३ बजेको समयमा रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर १ नुनथर स्थित बागमती नदीको झोलङ्गे पुल नजिक मादक पदार्थ सेवन गरेर नुहाउन जाने क्रममा अचानक नदीमा आएको पानीको भेलले बगाएर सिंह बेपता भएका थिए । सप्रबल नेपाल नं‍.११ गण हेक्का रौतहट र इप्रका चन्द्रनिगाहपुरको संयुक्त टोलीले खोज्दै जाँदा बेपता भएको स्थानबाट करिब १५ किलोमिटर पश्चिम रौतहटको गुजरा नगरपालिका ७ पल्टुवा स्थित बागमती नदिको नहरमा शव फेला परेको हो।

सुरक्षाकर्मीले भारतीय युवकको शवलाई नहरको पानीबाट निकालेर पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर स्थित सरकारी अस्पतालमा पुर्‍याएको र पोस्टमार्टम पछि परिवार जनको जिम्मा लगाउने रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा