२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

राजविराज नगरपालिकामा पदभार ग्रहणको प्रयासमा झडप, उपमेयर भवनभित्र थुनिइन्

२८ जेष्ठ २०८२, मंगलवार १४:४०

काठमाडौँ । राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउने क्रममा झडप भएको छ।

निलम्बनमा रहेका नगर प्रमुख भीमराज यादवद्वारा लगाइएको तालाबन्दीलाई फोडेर कार्यवाहक मेयर इसरत परविनले भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोजेपछि विवाद चर्किएको हो।

झडपका कारण उपमेयर परविन कार्यालय भवनभित्रै थुनिएकी छन्। आन्दोलन चर्किएपछि उनी झन्डै तीन घण्टादेखि बाहिर निस्कन सकेकी छैनन्। स्थिति नियन्त्रणमा राख्न ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

निलम्बित मेयर यादवले राज रंगशाला स्तरवृद्धिसम्बन्धी भ्रष्टाचार मुद्दाका कारण पदबाट निलम्बनमा परेपछि कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै आएका थिए। उनले कार्यालयमा भ्रष्टाचार भइरहेको आरोप लगाउँदै तालाबन्दी गरेका हुन्।

यादवका समर्थकहरूले उपमेयरलाई कार्यालयको कोठामा थुनिएको जनाइएको छ। त्यस्तै, प्रदर्शनकारीहरूले नगरपालिकाको कार्यालय भवनमा तोडफोड गर्दै सिसा फुटाएका छन्।

झडपका क्रममा लेखापाल शत्रुधनलाल दास र स्वास्थ्यकर्मी सन्तोष दासमाथि कुटपिट भएको छ। घाइते लेखापाल दासलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ।

डा. श्रवण साहको स्थानमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी दिइएपछि उत्पन्न विवादका कारण अहिले नगरपालिकाको अवस्था तनावग्रस्त रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…