२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पहलगाममा भएको जघन्य चरमपन्थी हमलामा नेपाली युवाको मृत्यु भएपछि सिरहामा प्रदर्शन

१९ बैशाख २०८२, शुक्रबार १३:२३

काठमाडौँ | सिरहा-भारतको पहलगाममा भएको जघन्य चरमपन्थी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ । पाकिस्तानले चरमपन्थीहरूलाई संरक्षण गरेको भन्दै गोलबजारमा विरोध प्रदर्शन गरिएको हो । धर्मराज हिन्दु सेनाले प्रदर्शन गर्दा गोलबजार तनावपूर्ण बनेको थियो।

बुधबार आयोजित विरोध प्रदर्शनमा सयौँ स्थानीय सहभागी थिए । प्रदर्शनको अगुवाइ कृष्ण गुरागाईं (हनी सिंह) ले गरेका थिए । उनले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएका थिए । ‘आतंकको आडमा मित्रता स्वीकार्य छैन,’ भन्दै प्रदर्शनकारीले पाकिस्तानविरोधी नारा पनि लगाए ।

प्रदर्शनमा नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको पनि विरोध भएको छ । स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । पहलगाम हमलामा नेपाली युवक सुदीप न्यौपानेसहित २७ पर्यटकको ज्यान गएको थियो। नेपाली युवकको मृत्युले देशभर समवेदना र आक्रोशको लहर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव