१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको गाउँमा खानेपानी पुर्‍याउन चितवनका ‘रोटरियन’ को पहल

१७ जेष्ठ २०८२, शुक्रबार १४:३६

काठमाडौँ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्‍याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।

चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको गौमूल गाउँपालिका–६ मा पर्ने विपन्न बस्ती डाडीपाटामा सामाजिक काम थालेका हुन् । रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबका सम्पर्क व्यक्ति जनक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

क्लबका अध्यक्ष वीरञ्जना सापकोटाका अनुसार बस्तीभन्दा करीब १५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पु¥याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ । आगामी फागुनसम्म काम सम्पन्न हुने गरी काम भइरहेको रोटरी क्लब अफ होनोलुलु सनसेटका अर्जुन अर्यालले बताउनुभयो ।

यहाँका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । परियोजनाको संयोजन गर्नुभएका इन्जिनियर गुणेश्वर महतोका अनुसार अफ्ठ्यारो भूगोलमा भएकाले काम गर्न केही समय लाग्ने छ । यहाँ उपभोक्ताहरूले रु पाँच लाख बराबरको श्रमदान गरिरहेका छन् ।

परियोजनाले ३८ परिवार र विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै पशुपालन तथा सिँचाइमा सहयोग पुग्ने इन्जिनियर महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का