२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुराको गाउँमा खानेपानी पुर्‍याउन चितवनका ‘रोटरियन’ को पहल

२०८२, १७ जेष्ठ शुक्रबार १४:३६

काठमाडौँ । यहाँका रोटरियनहरू मिलेर बाजुराको गाउँमा खानेपानी पुर्‍याउन पहल गरेको छन् । यहाँको रोटरी क्लब अफ रत्ननगरले बाजुराको विकट गाउँ डाडीपाटामा खानेपानी र सिँचाइको काम सुरु गरेको हो ।

चितवनदेखि ८५० किलोमिटर टाढा पुगेर रोटरीका अभियन्ताहरूले बाजुराको गौमूल गाउँपालिका–६ मा पर्ने विपन्न बस्ती डाडीपाटामा सामाजिक काम थालेका हुन् । रोटरी क्लब अफ रत्ननगरले रोटरी क्लब अफ होनोलुलु सनसेट अमेरिका तथा अमेरिकाका अन्य केही क्लबहरूबाट सहयोग जुटाएर खानेपानी र सिँचाइको काम थालेको क्लबका सम्पर्क व्यक्ति जनक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार रु ६५ लाखको लागतमा खानेपानी वितरणसँगै सिँचाइको व्यवस्था गर्न लागिएको छ । उक्त गाउँमा ३८ घरधुरी रहेका छन् । सोही ठाउँमा रहेको सामुदायिक विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

क्लबका अध्यक्ष वीरञ्जना सापकोटाका अनुसार बस्तीभन्दा करीब १५० मिटर तलबाट बूढीगङ्गाको पानीलाई लिफ्ट प्रणालीबाट करिब ८०० मिटर उचाइसम्म पु¥याउने र ‘रिजर्भ ट्याङक’ सङ्कलन गरी त्यहीबाट वितरण गरिने छ । आगामी फागुनसम्म काम सम्पन्न हुने गरी काम भइरहेको रोटरी क्लब अफ होनोलुलु सनसेटका अर्जुन अर्यालले बताउनुभयो ।

यहाँका रोटरियनहरूले ग्लोबल ग्रान्टबाट ग्रामीण क्षेत्रमा यो आयोजना अघि बढाएका हुन् । परियोजनाको संयोजन गर्नुभएका इन्जिनियर गुणेश्वर महतोका अनुसार अफ्ठ्यारो भूगोलमा भएकाले काम गर्न केही समय लाग्ने छ । यहाँ उपभोक्ताहरूले रु पाँच लाख बराबरको श्रमदान गरिरहेका छन् ।

परियोजनाले ३८ परिवार र विद्यालयमा स्वच्छ पिउने पानी उपलब्ध गराउनुका साथै पशुपालन तथा सिँचाइमा सहयोग पुग्ने इन्जिनियर महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने