३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि ७० खेलाडी छनोट

१८ जेष्ठ २०८२, शनिबार ११:४७

काठमाडौँ | सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि बैतडीबाट खेलाडी छनोट गरिएका छन् ।

हालै पुर्चौडी नगरपालिकामा सम्पन्न १५ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेर ७० खेलाडी छनोट गरिएका हुन् । बैतडी जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीका अनुसार जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएका हुन् । छनोट हुने खेलाडीमा छात्र र छात्रा भलिबलमा नौ/नौ, कबड्डी छात्र र छात्रामा नौ/नौ, एथ्लेटिक्समा छात्र र छात्रा गरेर ११/११ जना र कराँतेमा छ/छ खेलाडी छनोट भएका छन् ।

पुर्चौडीमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दशवटै स्थानीय तहको सहभागिता रहेको थियो । छनोट भएका खेलाडीले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका जनाउने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी जानकारी दिनुभयो । प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिना हुने भनिए पनि मिति भने तय भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए