४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लगानी सम्मेलनले सुदूरपश्चिम प्रदेशको विकासमा टेवा पुग्ने

२१ जेष्ठ २०८२, मंगलवार १६:०३

काठमाडौँ | परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा आयोजना गरिने लगानी तथा विकास सम्मेलनले प्रदेशको विकासमा टेवा पु¥याउने बताउनुभएको छ ।

धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले लगानी तथा विकास सम्मेलनमा केन्द्र सरकारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गरिरहनुभएका मन्त्रीको पनि सहयोगी भूमिका रहेको बताउनुभयो । सुदूरपश्चिम लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपालमा लगानी गर्न धेरैको चासो छ । लगानी गर्न इच्छुकहरुका लागि सरकारले केही नियम कानुन सुधार गर्नुपर्ने भएकाले हामी लगानीमैत्री वातावरण निर्माणमा लागेका छौँ ।”

हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका युवक विपिन जोशीको रिहाइ बारेको जिज्ञासामा उहाँले मन्त्रालयका तर्फबाट धेरै पहल गरिएको, हमाससँग इरानका परराष्ट्रमन्त्रीले कुरा गरिदिएको, इजिप्टसँग नेपालका प्रधानमन्त्रीले कुरा गर्नुभएको तर उहाँको अवस्था थाहा नभएको मात्र जवाफ प्राप्त भएकाले उहाँ सकुशल हुनुहुन्छ भन्ने आशा गरिएको बताउनुभयो ।

प्रदेश सरकारको पहलमा आगामी असोज १ र २ गते गर्न लागिएको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री राणा आज धनगढी आउनु भएको हो । पूर्व तयारी सम्मेलन आजदेखि सुरु भएको छ । प्रदेशको प्रचुर प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा, आर्थिक विकासको सम्भावना उजागर गरी रुपान्तरणकारी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले सो सम्मेलन गर्न लागिएको हो ।

सम्मेलनमार्फत उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडीबुटी, ऊर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरुमा लगानी प्रवर्द्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता