३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

तेह्र लाखको अखाद्य वस्तु नष्ट

२७ जेष्ठ २०८२, सोमबार १५:२५
काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु १३ लाख बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।
कार्यालयले बजारमा बिक्री हुने र होटल, रेष्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमनको विभिन्न अनुगमनतर्फ उपभोग्य म्याद सकिएका, मिसावट पाइएका, खाद्य स्वच्छता कायम नभएका, दुषित तथा न्यूनस्तरका खाद्य पदार्थ जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । नष्ट गरिएका खाद्य पदार्थमा पाउरोटी, मिठाइ, मसला, दाल, मह, चामल, अत्याधिक विषादी रहेका आँप, दूधलगायत रहेका उहाँले बताउनुभयो ।
यस अवधिमा कार्यालयमा प्राप्त नमूनाको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुर बापत रु १५ लाख ६० हजार राजश्व सङ्कलन गरेको छ । यसैगरी करिब एक हजार किलो मह नष्ट गरिएको छ भने सो दूषित मह बिक्रि गर्ने १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रधानले बताउनुभयो ।
विभिन्न सरोकारवाला निकायसँग संयुक्त अनुगमन गर्ने क्रममा लम्कीचुहा नगरपालिका–१ स्थित ‘सप्तऋषि बिजनेस ग्रुप’मा तीन हजार चार सय ५० किलो रङ मिसाइएको कालो दाल जफत गरी नष्ट गरिएको छ । फलफूल तथा तरकारीमा विषादी परिक्षण गर्ने क्रममा धनगढीस्थित एउटा गोदाममा रहेको करिब दुई हजार तीन सय किलो आँपमा बिषादी पाइएपछि धनगढी उपमहानगरपालिकाको समन्वयमा उक्त आँप नष्ट गरिएको प्रमुख प्रधानले बताउनुभयो ।
खाद्य तथा दाना ऐन अनुरुप कैलाली र कञ्चनपुरमा विभिन्न उद्योगबाट सङ्कलन गरिएका नमूनामध्ये प्रतिकुल पाइएका नौ खाद्य उद्योग र चार दाना उद्योग उपर मुद्दा दायर गरिएको छ । यस्तै विगतमा दायर गरिएका मुद्दामध्ये ११ वटाको फैसला भएको छ । उनीहरुलाई विभिन्न कसुरमा रु पाच हजारदेखी रु २५ हजारसम्म जरिवाना गरिएको छ ।
———

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ