2026-09-11 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

तेह्र लाखको अखाद्य वस्तु नष्ट

काठमाडौं ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु १३ लाख बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ ।
कार्यालयले बजारमा बिक्री हुने र होटल, रेष्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर नियमनको विभिन्न अनुगमनतर्फ उपभोग्य म्याद सकिएका, मिसावट पाइएका, खाद्य स्वच्छता कायम नभएका, दुषित तथा न्यूनस्तरका खाद्य पदार्थ जफत गरी नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो । नष्ट गरिएका खाद्य पदार्थमा पाउरोटी, मिठाइ, मसला, दाल, मह, चामल, अत्याधिक विषादी रहेका आँप, दूधलगायत रहेका उहाँले बताउनुभयो ।
यस अवधिमा कार्यालयमा प्राप्त नमूनाको विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नविकरण र सिफारिस दस्तुर बापत रु १५ लाख ६० हजार राजश्व सङ्कलन गरेको छ । यसैगरी करिब एक हजार किलो मह नष्ट गरिएको छ भने सो दूषित मह बिक्रि गर्ने १६ भारतीय नागरिकविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख प्रधानले बताउनुभयो ।
विभिन्न सरोकारवाला निकायसँग संयुक्त अनुगमन गर्ने क्रममा लम्कीचुहा नगरपालिका–१ स्थित ‘सप्तऋषि बिजनेस ग्रुप’मा तीन हजार चार सय ५० किलो रङ मिसाइएको कालो दाल जफत गरी नष्ट गरिएको छ । फलफूल तथा तरकारीमा विषादी परिक्षण गर्ने क्रममा धनगढीस्थित एउटा गोदाममा रहेको करिब दुई हजार तीन सय किलो आँपमा बिषादी पाइएपछि धनगढी उपमहानगरपालिकाको समन्वयमा उक्त आँप नष्ट गरिएको प्रमुख प्रधानले बताउनुभयो ।
खाद्य तथा दाना ऐन अनुरुप कैलाली र कञ्चनपुरमा विभिन्न उद्योगबाट सङ्कलन गरिएका नमूनामध्ये प्रतिकुल पाइएका नौ खाद्य उद्योग र चार दाना उद्योग उपर मुद्दा दायर गरिएको छ । यस्तै विगतमा दायर गरिएका मुद्दामध्ये ११ वटाको फैसला भएको छ । उनीहरुलाई विभिन्न कसुरमा रु पाच हजारदेखी रु २५ हजारसम्म जरिवाना गरिएको छ ।
———

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस