2026-08-05 04:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुरमा शीतभण्डार निर्माण अन्तिम चरणमा

2025-07-04

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा निर्माण गरिरहेको शीतभण्डार अन्तिम चरणमा पुगेको छ । आयोजना र उपभोक्ताको लागत तथा सहभागितामा शीतभण्डार निर्माण भइरहेको हो ।

रु सात करोड छ लाख ६९ हजार ६०० को लागतमा निर्माण भइरहेको शीतभण्डार एक हजार मेट्रिकटन क्षमताको छ । शीतभण्डार आयोजनाको ८० प्रतिशत र उपभोक्ताको २० प्रतिशत लगानीमा निर्माण भइरहेको हो । अहिलेसम्म ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ आयोजनाले जानकारी दिएको छ ।

परामर्शदाता इञ्जिनियर मदन धामीले एक हजार मेट्रिकटनको दुई वटा च्याम्बर बनिरहेको बताउनुभयो । यो शीतभण्डार बहुउपयोगी हुने उहाँको भनाइ छ । किनारा निर्माण सेवा धनगढीका निर्माण व्यवसायी सुभास बोहराले शीतभण्डार निर्माणका लागि आवश्यक सामग्री केही स्वदेशमै र केही भारतबाट ल्याइएको बताउनुभयो ।

शीतभण्डार सञ्चालन भएपछि सुरुमा यहाँका आलुखेती गर्ने किसानलाई ठूलो राहत हुने भएको छ भने भविष्यमा फलफूल र तरकारीका लागि पनि प्रयोग गर्ने योजना छ । यहाँ उत्पादन भएको आलु कोहलपुर र महेन्द्रनगरका कोल्डस्टोरमा राख्न बाध्य भएका किसानले टीकापुरमा कोल्डस्टोर निर्माण हुन थालेपछि आलु उत्पादन बढाउन थालेका छन् ।

आयोजनाका प्रमुख भरत कँडेल किसानले उत्पादन गरेको आलु, तरकारी र फलफूलले राम्रो मूल्य पाओस् भनी आयोजनाले शीतभण्डार निर्माणमा सघाएको बताउनुहुन्छ । “किसानलाई धेरै राहत हुनेछ, शीतभण्डारमा दुई वटा च्याम्बर छ”, उहाँले भन्नुभयो, “अहिले आलुका लागि प्रयोग हुनेछ भने भविष्यमा अन्य तरकारी र फलफूल पनि राख्न सकिनेछ ।”

किसानले सस्तो दरमा आफ्नै ठाउँमा भण्डारण गर्न पाउने कँडेलको भनाइ छ । शीतभण्डार सञ्चालन भएमा कैलालीको टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानले यसबाट लाभ लिन सक्नेछन् । आयोजनाले शीतभण्डार निर्माण सम्पन्नपछि रानी जमरा कुलरिया मूल कुला समितिलाई हस्तान्तरण गर्ने र मूल कुला समितिले सञ्चालन गर्ने योजना बनाइएको छ ।

“मूल कुला समितिले शीतभण्डार व्यवस्थापन समिति गठन गरेर सञ्चालन गर्नेछ”, रानीजमरा कुलरिया मूल कुला समितिका सचिव पर्शुराम महतोले भन्नुभयो, “दिगो रुपमा कसरी सञ्चालन गर्ने भनी छलफल भइरहेको छ । हामीलाई हस्तान्तरण भएपछि किसानका गाउँगाउँमा गएर छलफल गरेर कार्यविधि बनाएर मात्र शीतभण्डार सञ्चालन गर्नेछौँ ।”

महतो आयोजनाले किसानलाई व्यावसायिक बनाउन सघाएको बताउनुभयो । “आयोजनाको सहयोगले पहिलो र दोस्रो चरणमा यस क्षेत्रका किसानलाई उद्यमी बनाएको, उत्पादन वृद्धि भएको, व्यवसाय र बाली विविधीकरणमा किसानको धारणा परिवर्तन भएको छ”, महतोले भन्नुभयो, “सिँचाइका लागि किसानलाई राहत भएको छ । शीतभण्डार बनेपछि आलु खेती गर्ने किसानले फाइदा लिनेछन् ।”

आयोजनाले किसानलाई बिजवृद्धि, धान, गहुँ, मकै, तरकारी, केराखेती प्रवर्द्धन, कृषि यान्त्रिकीकरण, प्रविधिको उपयोग र बाली उत्पादनमा सहयोग गरेको छ ।

आयोजनाले तेस्रो चरणमा कार्यक्षेत्र विस्तार गरेर काम गर्ने भएको छ । यसअघि टीकापुर लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा काम गरिरहेको आयोजनाले तेस्रो चरणमा लम्कीचुहा, भजनी नगरपालिका, बर्दगोरिया, जोशीपुर गाउँपालिकामा सिँचाइ विस्तार, पोखरी सौन्दर्यकरण, कृषि उत्पादन वृद्धिलगायत क्षेत्रमा काम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग कम्तीमा एक महिना पुग्ने मौज्दात हुनेलाई ग्यासको लाइनमा नबस्न संघको आग्रह प्रतिनिधि सभा बैठक जारी