२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मन्त्री चढेको दुई गाडी आपसमा ठोक्किए

२०८२, १४ श्रावण मंगलवार १४:५५

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री चढ्ने गाडी एक आपसमा ठोक्किएका छन् ।

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् । सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् । मन्त्रीद्वय पाल र कार्की पनि त्यसतर्फ जाने क्रममा दुईवटा गाडी ठोक्किएका हुन् ।

कार्की चढ्ने से.१ झ ३३० र पाल चढ्ने बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राज कुमार सिंहले जानकारी दिए ।

 

घटना दिउँसो करिब सवा १ बजेको हो । उनका अनुसार गाडीमा क्षति भएको छ । तर, मानवीय क्षति भने नभएको उनले बताए । ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा