2026-09-17 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कारागार मृत्यु प्रकरण:प्रहरीले जाहेरी बुझेसँगै,परिवार शव बुझ्न तयार

काठमाडौँ | कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको परिवारले प्रहरीमा जाहेरी दिएको छ ।

शुक्रबार रातिको घटनामा चौधरीमाथि आक्रमण गरेर हत्या गर्ने कैदीबन्दीको पहिचान गरेर कारवाहीको दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उनको परिवारले सोमबार दिउँसो जाहेरी दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जाहेरी प्राप्त भएको बताए । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोले संलग्न कैदीबन्दीको पहिचान गरेर कारवाही दायरामा ल्याइने उनले बताए । जाहेरी परेसँगै सेती प्रादेशिक अस्पतालमा शव परीक्षणको काम भइरहेको छ ।

 

मृतकका भाइ विजय चौधरीले प्रमुख अधिकारी गोगनबहादुर हमालले टुहुरो बनेकी छोरीको नि:शुल्क पठनपाठन र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्वतापछि शव बुझ्न तयार भएको बताए ।

उनले दाजुको शव परीक्षण सकिएपछि बुझेर परम्पराअनुसार दाहसंस्कार गर्ने बताए ।

कैलाली कारागारमा शुक्रबार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका चौधरीको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया रसुवा बाढीले पुरिएका संरचना उत्खननको योजना बनाउन सांसद श्रेष्ठको माग जनताका समस्या किन समाधान हुँदैनन् ? : सांसद बराल परिवार पाल्न विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ : सभामुख अर्याल मापदण्डपछि समावेशी सिद्धान्त लागू हुन्छ, समावेशिता छुटेको छैन : मन्त्री गौतम रास्वपाले संसदीय विशेष समिति गठनमा छलफल गर्दै राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी १८ दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन सुनचाँदीको मूल्य घट्यो प्रतिनिधिसभाको बैठक बस्दै चिनी पर्याप्त रहेको सरकारको भनाइ, अनावश्यक सञ्चय नगर्न आग्रह यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू राहत वास्तविक पीडितसम्म पुगेको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन हुनुपर्छ: माधव नेपाल नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह