२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

‘तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक’

२०८२, २५ बैशाख बिहीबार १५:१६

काठमाडौँ | सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उहाँले उद्घाटन गर्नुभयो ।

एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उहाँले बताउनुभयो । “बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहो¥याउने होभने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभयो । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राख्नुभयो । अन्तरक्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेशसभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने