२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यातायात व्यवस्था कार्यालयद्वारा साठी करोड राजस्व सङ्कलन

२६ बैशाख २०८२, शुक्रबार १४:१४

काठमाडौँ | यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा रु ६० करोड ९० लाख राजस्व सङ्कलन गरेको छ ।

यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व सङ्कलन गरिएको छ । त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।

कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु ५६ करोड २८ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा रु चार करोड ६१ लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले अघिल्लो आव २०८०÷८१ मा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम रु एक लाख १९ हजार रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो