2026-09-11 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

काठमाडौँ । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२ स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको छ । बाढीको अवस्थाबारे स्थानीय समुदाय तथा सरोकार भएका निकायलाई समयमा पूर्वजानकारी दिने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
कैलालीको साँडेपानी, सीतापुर, मालाखेती, चौमाला, बलिया, भजनी, टीकापुर, अत्तरिया, कालुखेती, गोदावरी, गोगनपानी, गर्भादरबार, बघिल्ला, बौनियाँलगायत स्थानमा वर्षामापन केन्द्र स्थापना गरिएको विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले जनाएको छ ।
गोदावरी, चुरे र मोहन्याल गरी तीन पालिका पहिरोको जोखिममा रहेका जनाउँदै टीकापुर नगरपालिका, जानकी र कैलारी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उपमहानगरपालिका बाढीको उच्च जोखिममा रहेका कार्यालयका प्रमुख सञ्जय साहले जानकारी दिनुभयो ।
विपद् जोखिम न्यूनीकरणका लागि महाकाली बेसिन कार्यालयले मनसुन आपतकालीन कार्ययोजना, २०८२ अनुसार काम गरिरहेको प्रमुख साहले बताउनुभयो । विपद् व्यवस्थापनसम्बन्धी सूचना प्रवाहका लागि यस वर्ष पूर्वतरिकासहित आवश्यक सूचना प्रवाह भइरहेकाले जोखिम न्यूनीकरणमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कैलालीस्थित कर्णाली नदीले लम्कीचुहा, जानकी र टीकापुर गरी तीन पालिकालाई प्रभावित गर्दै आएको प्रमुख साहले बताउनुभयो । मोहना नदीले गोदावरी, धनगढी, कैलारी र भजनी, खुटिया नदीले चुरे, गौरीगङ्गा, गोदावरी र धनगढी, घुरहा नदीले कैलारी र भजनीलाई प्रभावित गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।
कान्द्रा नदीले भजनी, लिक्मा नदीले कैलारी र भजनी, काँढा नदीले घोडाघोडी, बर्दगोरिया, जोशीपुर र भजनीलाई प्रभावित गर्ने भएकाले सोही अनुसार पूर्वतयारी थालिएको उहाँको भनाइ छ ।
पथरैया नदीले टीकापुर, जोशीपुर, जानकी, भजनी र टीकापुर, रौरा नदीले लम्कीचुहा, टीकापुर र जानकी तथा ठूलीगाडले मोहन्याललाई प्रभावित गर्ने सम्भावना रहेको नेपाल रेडक्रस कैलालीका सभापति लोकराज जोशीले बताउनुभयो । मनसुनजन्य विपद् आउनुपूर्व समुदायलाई सूचना दिनका लागि जिल्लामा पूर्वसूचना प्रणाली (सूचना संयन्त्र) तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश सरकार पनि मनसुनजन्य विपद् प्रतिकार्य योजना निर्माणको तयारीमा जुटेको बताउँदै प्रतिकार्य योजनाको अद्यावधिक गर्ने कार्य भइरहेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले उल्लेख गर्नुभयो ।
कैलालीमा यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेकाले पूर्वतयारीमा जुट्न र आवश्यक समन्वय गर्न सरोकार भएका सबैलाई आग्रह गरिएको उहाँले बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग महाकाली बेसिन कार्यालयका प्रमुख साहले विगतदेखि डुबान समस्या हुँदै आएको क्षेत्रमा यस वर्ष तुलनात्मक रूपमा बढी डुबान हुनसक्ने भएकाले पूर्वतयारीमा जुट्न आवश्यक रहेको बताउनुभयो । बाढीले कृषिउपजमा बढी नोक्सान गर्नसक्ने भएकाले विपद्सम्बन्धी सूचना लिइरहन कृषक तथा सबै जनसमुदायलाई आग्रह गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस