
काठमाडौँ | बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ । चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ । काठमाडौँ उपत्यकामा बिहीबार साँझदेखि सामान्य झरी परेको छ । शुक्रबार पनि आकाश धुम्म रहनुका साथै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
चक्रवातको प्रभावका कारण मौसममा आएको परिवर्तनले जनजीवन तथा हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।