2026-11-01 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

काठमाडौँ | सुदूरपश्चिम प्रदेशमा कोभिड परीक्षण गर्ने किट अभाव भएको छ । गौरीफन्टा र गड्डाचौकि नाकामा भारतबाट नेपाल फर्किनेहरुमा कोभिड सङ्क्रमण देखिन थाले पनि परीक्षण गर्ने किट अभाव हुदाँ थप परीक्षण हुन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव हुँदा नाकामा परीक्षण हुन नसकेको जानकारी दिनुभयो । “बुधवार कैलालीको गौरीफन्टा नाकामा भारतबाट आएका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ”, जोशीले भन्नुभयो, “थप परीक्षणका लागि किट अभाव छ, हामीले सङ्घ र प्रदेश सरकारसँग माग गरेका छौं ।”

बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती रहेका छन् । कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन ।

कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । “कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौंँ, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ”, जोशीले भन्नुभयो, “छिमेकि मुलुक भारतमा सङ्क्रमण बढिरहेको छ, खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि सङ्क्रमणको जोखिम बढेको छ ।”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ । तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालयको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि किट अभाव रहेको जानकारी दिनुभयो ।

“गड्डाचौकी नाकाबाट नेपाल आउनेको सङ्ख्या बढेको छ, नाकामा रहेको रहेको हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ”, उहाँले भन्नुभयो, “हामीसँग किट छैन, हामीले माथिल्लो निकायमा माग गरेका छौं ।” कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन् ।

नाकामा हेल्थ डेस्क रहेको भए पनि कोभिड परीक्षणका लागि किट नहुँदा परिक्षण हुन सकेको छैन । महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल कोभिडको लक्षण देखिएका बिरामी आउने गरे पनि परीक्षण किट अभाव हुँदा परीक्षण हुन नसकेको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द