एजेन्सीको सहयोगमा | घटना कुबेतको हो, जहाँ सुगाको कारण एक व्यक्तिलाई ठूलै संकट आईलागेको छ । त्यहाको एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सीको सहयोगमा | घटना कुबेतको हो, जहाँ सुगाको कारण एक व्यक्तिलाई ठूलै संकट आईलागेको छ । त्यहाको एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नोकर्नीसँग यौन सम्बन्ध राख्दै आएका लोग्नेको सुगाले पोल खोलिदिएपछि…

८ मंसिर २०७३, बुधबार ०८:२३

एजेन्सीको सहयोगमा | घटना कुबेतको हो, जहाँ सुगाको कारण एक व्यक्तिलाई ठूलै संकट आईलागेको छ । त्यहाको एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क राख्दै आएको कुरा उसकी श्रीमतीलाई थाहा थिएन ।

श्रीमतीको आँखा छलेर घरकी नोकर्नीसँग रोमान्स गरिरहँदा उनीहरु कुराकानी पनि गर्दथे । त्यस्तो कुराकानी घरमा पालेको सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिन जब ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् तब सुगा एकाएक बोल्न लाग्यो । सुगाले ती सबै कुरा गर्न थाल्यो, जो केहीबेर अघि घरमालिक र नोकर्नीबीच रोमान्सका बेला बोलिएका थिए । मालिक्नीले जब सुगाको मुखबाट यस्ता रोमान्टिक कुरा सुनिन् तब उनलाई अनौठो लाग्यो ।

तर उनलाई आफ्नो लोग्ने घरकै नोकर्नीसँग सल्किएको कुरामा पहिलेदेखि नै शंका थियो । त्यसैले सुगाका त्यस्ता कुरा सुन्दा उनलाई दुईबीचको नाजायज सम्बन्ध एकिन भयो । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर उजुरी गर्न पुलिस चौकीमा गइन् ।

तर श्रीमतीको आरोप र सुगाको बोलीलाई प्रमाणका रुपमा लिन नसकिने बताएपछी ति श्रीमानले माफी पाए । सुगाले घरमालिक र नोकर्नीबीचको रोमान्सकै बेला ती कुराहरु सुनेको भनेर अदालतमा प्रमाणित गर्न नसकिने जिकिर पुलिसको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो