माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म"/>
१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव जीवनमै नौलो प्रयोग: तीन जनाले जन्माए एक बच्चा !

५ माघ २०७३, बुधबार ०७:२०

माघ ५, काठमाडौं । मानव जीवनमै पहिलो पटक एक बच्चा जन्माउन दुई विपरीत लिङ्गीको आवश्यकता पर्छ भन्ने मान्यतालाई पछार्दै तीन व्यक्तिको जैविक मिश्रणबाट एक बच्चाको जन्म भएको छ । 

युक्रेनमा तीन जनाबाट एक बच्चाको जन्म भएको छ । तीनजनाको आईवीएफ (इन विट्रो फर्टिलाइजेशन)बाट एक बच्चाको जन्म भएको हो । जुन दम्पत्तिबाट बच्चाको जन्म भएको छ, उनीहरु बच्चा जन्माउन असमर्थ थिए । द टाइम्सको रिपोर्टका अनुसार युक्रेनको राजधानी किभमा डाक्टरहरुले जुन प्रक्रिया प्रयोग गरे, यसलाई ‘प्रोनुक्लियर ट्रान्सफर’ भनिन्छ ।

आईवीएफ प्रजनन महिलाको शरीरको बाहिर सम्पन्न हुन्छ । यसलाई महिलाको डिम्बलाई सर्जरीबाट बाहिर निकालिन्छ र प्रयोगशालामा स्पर्मको माध्यमबाट प्रजनन गरिनेछ । युक्रेनमा यो बच्चाको जन्म ५ जनवरीमा भएको हो ।

यसलाई विश्वको दोस्रो ‘मोर्डन थ्री प्यारेन्ट्स बेबी’ भनिएको छ । यो वर्ष मेक्सिकोमा यसभन्दा केही फरक तरिकाले तीनजनाबाट एक बच्चाको जन्म भएको थियो ।

समाचारहरुमा जनाइअनुसार महिला गम्भीर आणुवांशिक समस्याबाट पीडित थिए । उनी मिटोकोन्ड्रियाबाट पीडित थिइन् । यस्तोमा डाक्टरले उनलाई सहयोग गर्न तीन जनाको आईवीएफ विकसित गरे, जसमा एक स्वस्थ बच्चाको जन्म हुन सकोस् । अस्वस्थ मिटोकोन्डि्रया भएकी आमाको डिम्बसँग एक स्वस्थ मिटोकोन्ड्रिया डोनरको डिम्बलाई एकत्रित गरिएको छ ।

यसको परिणाम, तीन जनाको डीएनएबाट एक बच्चाको जन्म भयो, जसमा उसकी आमा, बुबा र थोरै योगदान डोनरको रहृयो । किभको नाडिया क्लिनिकले यस विधिको प्रयोग गरेर एक निसन्तान दम्पतीलाई सन्तान दिलाउन सफल भएको छ ।

विशेषज्ञहरुले यसलाई एक उच्चस्तरीय प्रयोग भनेका छन् । यो प्रक्रियाको अगुवाइ गरेका बलेरी जुकिनले भनेका छन् कि परम्परागत आईवीएफबाट गर्भाधारण गर्न नसकेका दम्पतीहरुका लागि यो खुसीको खबर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट हट्दै मोन्टी देसाई आज बढ्याे सुनचाँदीको मूल्य, प्रतितोला कति?