१३ पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डुबेर मरेको ३ बर्ष पछी फेरी जन्मिए दिलिप ! यसरी खुल्यो रहश्य

२८ भाद्र २०७४, बुधबार १८:४१

एजेन्सीको सहयोगमा | घटना छिमेकी मुलुक भारतको हो । उत्तर प्रदेशको लखीमपुर स्थित मक्कागन्ज गाउँमा एउटा अचम्मको घटना घटेको छ जुन घटनाले अचम्मित नबन्ने मानिस सायदै कम होलान् । त्यहाँ १५ अगस्ट २०१५ मा जन्मिएको एक ३ बर्षको बालकले आफ्नो पुनर्जन्मको कहानी सुनाउन थाल्यो (बालकको नाम जितन हो)। 

उसको कुरा सुनेर उसको परिवार तथा गाउँका मानिसहरु निकै अचम्मित भएका छन् । उक्त बच्चा १५ अगस्ट २०१७ मा जब २ बर्ष पुरा भएर ३ लाग्यो तब उसले बोल्न सुरु गरेको थियो । तब बिस्तारै उसले आफ्नै घरलाई आफ्नो नभनी भोलापुरको नाम लिन थाल्यो । कुरा त्यति मात्र भएन उसलाई जन्म दिने आमा बुबालाई समेत उसले आमा बुबा भनेन । त्यसो त रक्षाबन्धनको दिन उसले आफ्नै बहिनीलाई समेत 'राखी' बाध्न दिएन, उसले भने 'मेरो बहिनी भोलापुरमा छ ।'  

भर्खरै बोल्न थालेको बच्चाले आफ्नो घरलाई घर नभनेर अहिलेसम्म उसले नदेखेको ठाउँलाई आफ्नो घर भएको बताएपछी उसको परिवार अचम्मित भयो । उसले जहिलेपनि आफ्नो घर भोलापुर भएको बताएपछी त्यसको सत्यता बुझ्न उसको आमा-बुबाले उसले बताए बमोजिमको ठाउँमा लगिदिए । जुन पत्याउनै पर्ने सत्यता बन्यो किनकी उसले बताए अनुसार भोलापुरमा एक बिदेशीको छोरा ३० बर्षको उमेरमा मृत्यु भएको र उसकै पुनर्जन्म भएको भन्ने कुरा पत्याउनुपर्ने आधार बन्यो । भोलापुर पुगेका ति तीन बर्षीय बालकले पूर्व जन्मको कुरा मात्र भनेनन् त्यस गाउँका सबै मान्छेलाई पहिचान समेत गरिदियो । 

भोलापुरको एक विदेशीको घरमा पुग्नासाथ उसले कराएर भन्यो- ''यही मेरो बुबा हो ।'' उसले विदेशीको श्रीमतीलाई समेत आफ्नो आमा भन्दै अंगाल्न पुग्यो । तीन बर्षको बच्चा आफ्नै आमा-बुबालाई आफ्नो नमानी अर्कैलाई आमाबुबा मानेर झुम्मिएपछी दुवै परिवार मात्र नभई घाटनालाई नजिकबाट हेर्ने गाउँलेहरु समेत चकित भए । त्यसमा पनि चिन्दै नचिनेको गाउँको मान्छेहरुको बारेमा उसले सोध-खोज गर्न थाल्यो । वास्तविकता बुझ्न बिदेशीको श्रीमतीले उसलाई (माइती) मामाघर लिएर गइन् । त्यहाँपनि बालकले हजुरआमा, मामा र सबै परिवारलाई सजिलै चिन्यो र उनीहरुको नामनै बताईदियो ।

भोलापुर पुगेको उक्त बच्चालाई त्यहाँबाट फर्काउन उसको वास्तविक बुबा-आमाले कोशिस गरे तर बच्चा भने फर्किन मानेन । जितन नाम राखिएको बालक आफ्नो नाम दिलिप भएको बताउँछन् । 

पुनर्जन्मको रहश्य यस्तो 

भोलापुर जहाँ उक्त बच्चाले आफ्नो घर बताउँछ, त्यस गाउँका विदेशीले बताए अनुसार उसको छोरा दिलीप ठेकेदारीमा काम गर्न ब्यांग्लोर गएको थियो । तर १७ मे २०१२ को दिन समुन्द्रमा नुहाउने क्रममा उसको डुबेर मृत्यु भएको थियो । त्यतिबेला बिदेशीको छोराको उमेर ३० बर्षको थियो । घरबाट धेरै टाढा मृत्यु भएकाले उसको शव घर नल्याई उतै अन्तिम संस्कार गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न महानगरले गर्यो पत्राचार जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक आज बस्दै कालिकोटमा गयो भूकम्प, १३ दिनमा पश्चिम नेपालमा ७ वटा भूकम्पको पराकम्प लगातार बढ्दै डलरको विनिमय दर,यस्तो छ आजको विनिमयदर आजको मौसम: दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रास्वपा संसदीय दलको नेतामा को ? बालेन भन्छन् – तीनकुने सरकारले व्यक्तिको जग्गा लुटेर राखेको स्थान हो मोहन वैद्य अस्पताल भर्ना ट्रम्प ह्वाइट हाउसमा फर्कनुअघि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई चाँडै फर्कन विश्वविद्यालयहरूको आग्रह राष्ट्र बैंकले गर्यो ३ वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज नेता भण्डारीको प्रश्न : सम्पति शुद्धीकरणको मुद्दा जहाँबाट पनि चलाउने हो भने अब बाँकी रहन्छ को? पोस्टरमा यस्तो देखियो फिल्म ‘होस्टेल ३’ रूसी मिसाइलले अजरबैजानको जहाज खसालेको दाबी आफ्नै फ्ल्याटमा मृत भेटिइन् भारतीय आरजे सिमरन सिंह म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार सरकारलाई जनकपुर बोल्ट्सले साढे २७ लाख कर दिनुपर्ने, अरु टोलीले कति? दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार