२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पिसाबमा पनि कर !

१४ पुष २०७५, शनिबार ०७:२०

के एउटा बच्चाले पिसाब फेरिरहेको यो मूर्तिका बारेमा तपाईंलाई थाहा छ ?

बेल्जियमको ब्रसेल्सस्थित मेनकेन पिस नामको यो मूर्ति एकजना सानो बच्चाको हो । पिसाब फेरिरहेको यो बच्चाको मूर्ति हेर्नकै लागि त्यहाँ बर्सेनि धेरै पर्यटक आउँदछन् ।

ब्रसेल्सबासीको सेन्स अफ ह्युमरको प्रतीक मानिन्छ ।


पिसाबको प्रयोग प्राचीन समयदेखि नै विभिन्न खाले रोगको निदानका लागि गर्न थालिएको थियो ।

इतिहासमा पिसाबको उपायेगको पहिलोपटक रोमन सम्राट टिटो फ्लेविओ वेस्पासियानोको समयमा सन् ९ देखि ७९ को अवधिमा गरेको प्रमाण फेला परेको थियो ।

रोमन साम्राज्यको धोबीघाट या फुलोनिकसमा पिसाब एकत्रित गरिन्थ्यो र त्यसलाई कुहिनका लागि छाडिन्थ्यो ।

त्यसरी जम्मा गरिएको पिसाब एमोनिया बन्दथ्यो ।

त्यो एमोनिया एक प्रकारको डिटर्जेन्टको रुपमा कपडा धुनका लागि प्रयोग गरिन्थ्यो ।

रोमन दर्शनशास्त्री तथा लेखक सेनेकाका अनुसार सेतो उनका कपडा भिजाएपश्चात् मजदूर वा धोबीहरु त्यस्ता चिसा कपडामाथि दौडिने वा नाच्ने गर्दथे । रङलाई निखार्न तथा मुलायम बनाउनका लागि मुल्तानी माटो, पिसाब तथा सल्फरको प्रयोग गरिन्थ्यो ।

त्यसपछि कपडाको गन्ध हटाउनका लागि सुगन्धिन डिटर्जेन्टको प्रयोग गरिन्थ्यो ।

धोबीहरुको काम राम्रो व्यवसायमा बदलिरहेको थियो तर वेस्पासियानो सत्तामा आएर पिसाबमा कर लगाउन सुरु गरे । रोमको ढल प्रणालीमा जम्मा भएको पिसाब प्रयोग गर्न चाहने मानिसहरुका लागि त्यस्तो पिसाब कर लगाइन्थ्यो ।

छालाका सामान उत्पादन गर्ने मानिसहरुले त्यस्तो पिसाब प्रयोग गर्दथे ।

रोमन इतिहासकार स्युटोनियसका अनुसार वेस्पासियानका छोरा टिटोलाई आफ्ना बुवाले पिसाबमा लगाएको कर चित्त बुझेन । पिसाबमा कर लगाउनु घिनलाग्दो काम हो भनेर उनले आफ्ना बुवालाई भन्न थाले ।

छोराको यस्तो भनाइबाट दिक्क भएका सम्राटले एउटा सिक्का हातमा लिए । त्यसपछि उक्त सुनको सिक्कालाई उनले राजकुमार टिटोको नाकमा सुँघाइदिए । अनि उनले सोधे: के यो सिक्का गन्हाउँछ ?

टिटोले जवाफ दिए: अहँ गन्हाउँदैन ।

सम्राटले राजकुमार टिटोलाई अचम्म पार्नेगरी भने: यो सुनको सिक्का पिसाबबाटै आउँछ ।

उनले पिसाबमा कर लगाएर पैसा कमाउने जुक्तिका बारेमा राजकुमारलाई बताए । त्यहीँबाटै एक्जियम अफ वेस्पासियान भन्ने लोकप्रिय उखान बन्यो । त्यसको अर्थ हुन्छ ः पैसाबाट कहिल्यै पनि दुर्गन्ध आउँदैन ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान