२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कहिल्यै नमर्ने त्यो जीव !

२०७५, २ माघ बुधबार ०८:२७

अमरताको विषयमा वैज्ञानिकले धरै अनुसन्धान गरेका छन् । मृत्युलाई चुनौती दिनको लागि मान्छेले धर्म, ग्रह, तथा विभिन्न पौराणिक ग्रन्थहरुलाई पनि जाँच्यो । त्यसबाट पनि केही जानकारी लिने प्रयास गर्यो ।

जब वैज्ञानिक आकाशको बारेमा खोजतलास गर्दै थिए, विज्ञानका किताबमाथि चर्चा–परिचर्चा हुँदै थियो । पृथ्वीको कुना–कुनामा के भइरहेको छ भन्ने बारेमा वैज्ञानिकहरु खोजी गर्दै थिए । त्यतिबेला कसलाई पो थाहा थियो र, समुन्द्रको गहिराइमा कहिल्यै नमर्ने जीव जेलिफिस छ भनेर ।


जब हामी जेलिफिसको बारेमा सोच्न थाल्छौं, यसका जानकारहरु आफ्नो दिमागमा यसको जीवनको दोस्रो अवस्था ‘मेडुसा स्टेज’को आकृति खेलाउन थाल्छन् ।

जेलिफिसमा भाले–पोथी हुन्छन् । तिनीहरुमा शुक्राणु र अण्डाणु पनि हुन्छन् । तर बच्चा भने अन्य जनावरको जसरी जन्मिदैनन् । तिनीहरु आफ्नो जीवन लार्भाको रुपमा सुरु गर्छन् । लार्भाहरु पानीमा बगिरहन्छन् र टाँसिनको लागि कुनै चट्टान अथवा कुनै बस्तुको खोजीमा रहन्छन् ।

जब यिनीहरु टाँसिनको लागि उपयुक्त ठाउँ भेट्छन् अनि लार्भा एउटा मुलायमा तन्तुमा बदलिन्छ । यी पोलिपहरु आफ्नो क्लोन आफैँ बनाउँछन् । पोलिपहरुले क्लोन बनाइरहन्छन् जसले गर्दा पोलिपको ठूलै झुण्ड बन्न पुग्छ । पोलिपको एक ‘कोलोनी’(समूह)ले राम्रो वातावरण पाएमा केही दिनमै विशाल झाडीको रुप लिने गर्छ ।

बगैंचामा फूल फक्रिए जसरी पोलिप पनि फक्रिन्छ । त्यहीबेला त्यसको बीचबाट सानो जेलिफिस फक्रेको फूलझैं बाहिर निस्किन्छ । जेलिफिसको जीवनको सुरुवात जति रोमाञ्चक हुन्छ, बुढेसकाल बेला पनि त्यति नै रोमाञ्चक हुने गर्छ । अर्थात यसको मृत्यु नै हुँदैन ।

जेलिफिसको मर्दैन

मेडुसा अमर जेलिफिस ‘टुरीटोप्सिस डोहर्नी’ जब मर्छ तब उसको शरीर समुन्द्रको फेदमा जान्छ र बिस्तारै कुहिन सुरु हुन्छ । तर आश्चर्यका साथ यसका कोषिकाहरु एकत्रित हुन थाल्छन् । त्यसपछि त्यो मेडुसा नबनेर पोलिप बन्छ । यिनै पोलिपबाट नयाँ जेलिफिसको जन्म हुन्छ ।

यस प्रकार मेडुसा जेलिफिसले अघिल्लो जन्म छोडेर नयाँ तरिकाले अर्को जीवनको सुरुवात गर्छ । मृत्युलाई चुनौती दिने यो कुरा विज्ञानको भ्रम जस्तै छ । यो त्यो पौराणिक फिनिक्स चराको कहानी जस्तो छ भनिन्छ, जुन आफू जलेपछिको खरानीबाट पनि जीवित हुन्छ ।

तस्मानियाका जेलिफिस रिसर्चर तथा मरीन स्टिंगर एडभाइजरी सर्बिसका निर्देशक लिसा एन्न गेश्र्विन भन्छन्, ‘यो हामी सबैको ध्यान उडाउने खाले खोज हो, यो समयको सबैभन्दा अद्भूत खोजमध्येकै एक हो ।’

सन् २०११ मा चीनको सियामेन विश्वविद्यालयका एकजना सोधार्थी विद्यार्थी जिनरु ही ले  ‘मून’ जेलिफिसलाई एउटा ट्यांकीमा राखे । जब त्यो जेलिफिस मर्यो अनि उनले त्यसलाई अर्को ट्यांकीमा राखे । तीन महिनापछि त्यो मृत जेलिफिसको शरीरबाट  पोलिप बाहिर आउँदै थियो । 

मृत शरीरबाट पुनः जन्म लिने यो प्रक्रिया अहिलेसम्म जेलिफिसका पाँच प्रजातिमा देखिएको छ ।

बाँच्नको लागि मर्ने गर्छ 

उमेर बढ्दै जाँदा अथवा कुनै बिमारीका कारण जेलिफिस कमजोर हुन्छ या कुनै खतरा महसूस गर्छ भने यसले आफ्नो यो अविश्वसनिय तरिका अपनाएर पुनः जन्म लिने गर्छ ।

जब यो प्रक्रिया सुरु हुन्छ, जल्लिफिसको घण्टी(छाता जस्तो भाग) र यसका टेंटिकल्स गल्न थाल्छन् । यो फेरि पोलिपमा बदलिन्छ । पोलिपले कुनै चट्टान अथवा स्थिर बस्तुमा टाँसिन्छ र जेलिफिसका रुपमा बढ्न थाल्छ ।

यसरी जेलिफिसको मृत शरीरबाट पुनः जेलिफिस बन्ने यो प्रक्रियालाई ‘सेलुलर ट्रांसडिफरेंसिएशन’ भनिन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने